back
CTIZAN AD

आक्रोशित हुँदै मन्त्री आलेले भने-साँढेलाई ल्याएर सिइओ बनाउँदा संस्था चल्छ (भिडियो सहित)

वि.सं.२०७८ पुस १६ शुक्रवार

684 

shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले निलम्बनमा परेका पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीबाट संस्था नचल्ने बताएका छन् ।

पर्यटन बोर्डको स्थपना दिवसका अवसरमा बोल्दै मन्त्री आलेले बोर्डका सिइओ रेग्मीलाई साँढेको संज्ञा दिँदै उनीबाट कुनैपनि हालतमा संस्था चल्न नसक्ने बताएका छन् ।

पर्यटन बोर्डका कर्मचारीहरुको उपस्थित रहेको उक्त कार्यक्रममा बोल्दै मन्त्री प्रेम आलेले भने–‘यस्तो साँढेलाई हामीले सिइओ बनाउँदैमा संस्था चल्छ ? तपाईहरुका मागका विषयमा तपाईहरुको बीचमा छलफल हुँदा पनि यस्तो गर्नु हुँदैन संस्था डुब्छ धरासायी हुन्छ भनेर भन्दा, ल तपाई आज धेरै रिसाउनु भएछ जाउँ हिड्नु्स् खान भन्ने खालको त्यस्तो साँढेलाई ल्याएर सिइओ बनाउँदा संस्था चल्छ ?’
उनले लन्डनमा आयोजित कार्यक्रममा जाँदा ६ बजे कार्यक्रम भनिए पनि साढे सातबजे कार्यक्रम सुरु भएको र आफुलाई डेढ घण्टा उभिन परेको बताए ।

‘डेढ घण्टा म त्यहाँ उभिए । चिसो छ । सबैले स्याम्पेन खाइरहेका छन् । नखाने मान्छे साइडमा उभिइरहेको छु । हाम्रो त्यो साँढेले भटाभट लगाइरहेको छ । आफ्नै आँखाले देखिरहेको छु । मलाई पनि अझै खाँ भन्छ हेर्नुस् । उसले पहिलेको मन्त्री जस्तो ठान्यो होला ।’

मन्त्री आलेले आफ्ले चारवटा टोयोटा गाडी बेचेको जस्तो मन्त्री आलेलाई खरिद गर्छु भन्ने नसोच्न चेतावनी समेत दिएका थिए ।

उनले बोर्डका राष्ट्रसेवक कर्मचारीहरु सबैप्रति आफ्नो सम्मान रहेको भन्दै आफ्नो इमान बेचेर मन्त्रीको कुर्सीमा नबस्ने समेत बताए ।

‘मैले मलाई सहयोग गर्नुपर्यो । मेरो पार्टी यस्तो भनेर कसैलाई भनेको छैन । भन्ने वाला पनि छैन । कसैलाई पनि एक्सक्युज गर्ने समय छैन । त्यो मलाई पनि छैन । सबै उत्तरदायि भएर आफ्नो जिम्मेवारी बहन गर्नुपर्छ ।’

उनले नेपाल एरलाईन्समा भएको बेथितिप्रति इंगित गर्दै एयरलाईन्सको हालत कहाँ नटबल पाइन्छ, कहाँ टायर पाइन्छ बेचेरै खान पाए हुन्थ्यो भन्ने धन्दामा रहेको आरोप समेत लगाए । उनले यस्ता बिकृतिहरुलाई सम्हाल्न आफ्लाई गाह्रो भएको समेत बताए ।

वि.सं.२०७८ पुस १६ शुक्रवार १४:२२ मा प्रकाशित

दक्षिण एसियामा वनः नेपाल दोस्रो स्थानमा

दक्षिण एसियामा वनः नेपाल दोस्रो स्थानमा

काठमाडौँ । दक्षिण एसियाका आठ मुलुकमध्ये सबैभन्दा बढी वनक्षेत्र भुटानमा...

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको...

महाकाली नदीमा सेनाको विपद् अभ्यास

महाकाली नदीमा सेनाको विपद् अभ्यास

महेन्द्रनगर । नेपाली सेनाको अगुवाइमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली...

अध्यक्ष ओलीद्वारा इदको शुभकामना

अध्यक्ष ओलीद्वारा इदको शुभकामना

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा...

मुग्लिन-पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

मुग्लिन-पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण...

सभामुख अर्यालद्वारा बकर इदको शुभकामना

सभामुख अर्यालद्वारा बकर इदको शुभकामना

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले इस्लाम धर्मावलम्बीहरूको पर्व इद–उल–अजहाको अवसरमा...