back
CTIZAN AD

काठमाडौंमा झ्याप्पझ्याप्प विद्युत किन गइरहेको छ ? यस्तो छ कुलमानको जवाफ (भिडियोसहित)

वि.सं.२०७८ पुस १६ शुक्रवार

612 

shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले काठमाडौं उपत्यकामा देखिएको झ्याप्प झ्याप्प विद्युत जाने समस्या छिट्टै समाधान हुने बताएका छन् । शुक्रबार विद्युत आपूर्तिमा देखिएको समस्याबारे पत्रकार सम्मेलन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

घिसिङका अनुसार काठमाडौं उपत्यकामा विद्युतको खपत यसअघि भन्दा धेरै गुणा बढेकाले ट्रान्सफर्मरमा समस्या आउँदा विद्युत आपूर्तिमा समस्या देखिएको हो । जुन समाधान उन्मुख रहेको उनले सुनाए ।

‘विगत ३/४ दिनदेखि विद्युत् आपूर्तिमा केही समस्या देखियो भन्ने जनगुनासो आयो, यो समस्या देशभित्र सबैतिर भएको समस्या होइन, काठमाडौंमा मात्रै हो, यो सप्लाइको कारणले भएको समस्या होइन’, पत्रकार सम्मेलनमा घिसिङले भनेका छन्, ‘अहिलेको मेजर समस्या वितरण ट्रान्सफर्मर ओभरलोड भएको हो, लोडअनुसार हामीले ट्रान्सफर्मर फेर्ने काम गरिरहेका छौँ, केही फिडरमा पनि आगलागी भयो, केही स्थानमा भने ट्रान्सफर्मरपछि पनि केवल घरमा जान्छ, त्यसमा आगलागी भएकोले फेर्दा समस्या आएको हो ।’

उनले विद्युत सप्लाई नपुगेर बत्ती जाने समस्या नभएको स्पष्ट पार्दै जति डिमान्ड आए पनि सप्लाई गर्ने स्थितिमा रहेको बताए । आजसम्म उपत्यकामा ट्रान्सफर्मरहरु परिवर्तन गरिसक्ने भएकाले विद्युत जाने समस्या नहुने उनको दाबाी छ ।

उनले काठमाडौं उपत्यकामा अब ९ वटा सबस्टेशन थपिँदै भएकोले उक्त सबस्टेशन बनिसकेपछि दीर्घकालीन रूपमा उपत्यकामा २ हजार मेगावाटको विद्युत सप्लाई गर्न सक्ने बताए ।

वि.सं.२०७८ पुस १६ शुक्रवार १५:५२ मा प्रकाशित

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...