back
CTIZAN AD

माओवादी केन्द्रको आठौं महाधिवेशनः नेतृत्व चयनका लागि सहमतिको प्रयासमै नेताहरु

वि.सं.२०७८ पुस १८ आइतवार

561 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिबेशन अन्तर्गत पार्टीको नयाँ नेतृत्व चयनका लागि नेताहरु छलफलमा जुटेका छन् ।

गत आइतवारदेखि राजधानीको कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा सुरु भएको माओवादी केन्द्रको आठौं महाधिबेशन अन्तर्गत सोमबारदेखि सुरु भएको बन्दसत्र आइतवार १ बजेसम्मका लागि स्थगीत गरिएको छ ।

सोमबारको बन्दसत्रमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र स्थायी कमिटी सदस्य देव गुरुङले राखेको विधान मस्यौदामााथि केही संशोधनसहित बन्दसत्रले पारित गरेको छ । अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफलका क्रममा नेता राम कार्कीले पुरक मत, युवा नेता लेखनाथ न्यौपानेले १० बुँदे फरक मत र नेता हरिवोल गजुरेलले ११ पुष्ठको सुझाव पेश गरेका थिए ।

सोमबारदेखि जारी बन्दसत्र शनिवार दिउँसो अध्यक्ष प्रचण्डले पुरक, फरक, र सुझाव तथा समुहगत छलफलबाट आएका निष्कर्षहरुको जवाफ दिएका थिए ।

सहमतिमै नेतृत्व चयनको प्रयास
नेकपा माओवादी केन्द्रको १५ पदाधिकारीसहित २९९ केन्द्रीय समितिमा नेतृत्वका लागि आकांक्षी बढी देखिएपछि सर्वसम्मत नेतृत्व चयनको वातावरण लगभग टुंगिदै गएको देखिएको छ । यद्यपी नेताहरुले समय थप्दै सहमतिको प्रयास भने गरिरहेका छन् । १५ पदाधिकारीमा अध्यक्ष प्रचण्ड र वरिष्ठ उपाध्यक्षमा नेता नारायणकाजी श्रेष्ठको नाम लगभग सर्वसम्मत भएपनि  त्यसपछिका सबै पदहरुमा चुनावी प्रतिश्पर्धामा जानुपर्ने स्थिति देखिएको छ । पछिल्लो चरणमा १५ पदाधिकारीमा भन्दा पनि केन्द्रीय सदस्यमा आकांक्षीहरु बढी देखिएको र त्यसमा पनि युवा नेताहरुले बढी चासो देखाएको बताइएको छ ।

‘अध्यक्षले १५ पदाधिकारीको नाममा सहमति जुटाउन सक्ने स्थिति देखिएपनि केन्द्रीय सदस्यमा आकांक्षी धेरै देखिएपछि निर्वाचनमै जानुपर्ने स्थिति देखिएको छ,’ स्थायी समितिका एक नेताले भने,‘ सहमित नभए निर्वाचनको अलावा अरु उपाय छैन ।’

सहमतिमै नेतृत्व चयन गर्ने भनेर शनिवार शिर्ष नेताहरु प्रज्ञाप्रतिष्ठानको हलमै बैठक बसेपनि निष्कर्षमा पुग्न सकेका थिएनन् । पार्टीको निर्वाचन आयोगले निर्वाचनको तालिका सार्वजनिक गरेर शनिवार राति १० बजे उममेदवारी मनोनयन दर्ता गर्ने र आइतवार बिहान ११ बजेदेखि मतदानको कार्यक्रम गर्ने भनिए पनि सहमतिको प्रयास जुटाउनका लागि त्यसलाई स्थगीत गरेर निर्वाचनको नयाँ तालिका समेत सार्वजनिक गरिएको थियो ।

यस्तो छ आइतवारको नयाँ तालिका
शनिवारको संशोधित तालिका अनुसार आइतवार २ देखि ३ः३० बजेसम्म उम्मेदवार मनोनयन दर्ता,३ः४० मा उम्मेदवार मनोनयनको दर्ता सूचि सार्वजनिक, उम्मेदवारको मनोनयन दर्ता उपर उजुरी ४ बजे, उजुरीका सूचना ४ः१०, उजुरी उपर छानविन र निर्णय ४ः३० बजेसम्म, ४ः४० मा उम्मेदवारको नामावली पुनः प्रकाशन, गरिने निर्वाचन समितिका अध्यक्ष विष्णुपुकार श्रेष्ठद्धारा जारी सूचनामा जनाइएको छ ।
त्यसैगरी ५ः३० बजेसम्म उम्मेदवारको नामावली फिर्ता लिन सकिने छ भने ५ः४५ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने र ६ः२५ देखि १०ः२५ सम्म मतदान प्रक्रिया सम्पन्न हुने उक्त तालिकामा जनाइएको छ ।

सहमति जुटाउन नेताहरुको बैठक खुमलटारमा
नेतृत्वमा सहमति जुटाउनका लागि पार्टीका शिर्ष नेताहरु खुमलटारमा बैठक बसिरहेको स्रोतले जनाएको छ ।

११ बजेका लागि स्थायी कमिटीको बैठक बोलाइए पनि त्यसअगावै अध्यक्ष प्रचण्ड निवास खुमलटारमा वरिष्ठ नेता नारयणकाजी श्रेष्ठ, कृष्ण बहादुर महरा लगायतका नेताहरु छलफलमा जुटेको बताइएको छ । स्रोतका अनुसार अध्यक्ष प्रचण्डले केन्द्रीय समितिमा चयन हुने नेताहरुको नाम चयन गर्नका लागि प्रदेश कमिटीहरुलाई दिएको जिम्मेवारी अनुसार कमिटीहरुबाट प्राप्त नामहरुका बारे छलफल गरेर बैठकमा पेश गर्ने बताइएको छ ।

स्थायी कमिटीले ती नामहरु अनुमोदन गरेपछि अध्यक्ष प्रचण्डले बन्दसत्र हलमा नामहरु प्रस्तुत गर्ने बताइएको छ ।
उक्त नामावलीमा सहमति जुट्न नसकेमा मात्र निर्वाचन हुने बताइएको छ ।

कुन क्षेत्र बाट कतिजना चुनिनेछन त ?
माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसद्धारा  पारित विधान २०७८ बमोजिम समानुपातिक तर्फ ४५ जना निर्वाचित हुने छन् । जसमा पुरुष १२, पुरुष युवा ३, महिला २४ जना र महिला युवा ६ जना ।

दलिततर्फ २२ जना निर्वाचित हुनेछन् । जसमा पुरुष ६, पुरुष युवा १, महिला १२ र महिला युवा ३ जना रहनेछन् ।

मुस्लिमतर्फ ७ जना निर्वाचित हुनेछन् । जसमा पुरुष १, पुरुष युवा १, महिला ४ र महिला युवा १ जना रहेका छन् । साथै मधेसीतर्फ २३ जना निर्वाचित हुनेछन् । जसमा पुरुष ६, पुरुष युवा १, महिला १३, महिला युवा ३ जना रहनेछन् ।

आदिवासी जनजाति तर्फबाट पुरुष ११, पुरुष युवा ३, महिला २३ र महिला युवा ६ जना गरी ४३ जना निर्वाचित हुनेछन् ।

त्यसैगरी थारुतर्फ पुरुष २, पुरुष युवा १, महिला ६ र महिला युवा १ जना गरी १० जना निर्वाचित हुनेछन् ।

त्यस्तै अपाङ्गता तर्फबाट पुरुष र महिला १्१ जना, पिछडिएको तर्फबाट पुरुष र महिला गरी १÷१ जना तथा खुल्लातर्फ १४५ जना निर्वाचित हुने निर्वाचन आयोगले जनाएको छ ।

यस्तो छ उम्मेदवारी दर्ता प्रक्रिया
उम्मेदवारी दर्खास्त भर्दा १ पदमा १ जना प्रस्तावक र १ जना समर्थकको दस्तखत अनिर्वाय गराउनु पर्ने, उम्मेदवारी दरखास्त वारेश मार्फत् पनि दर्ता गर्न सकिने, उम्मेदवारी दरखास्त फराम वितरण र उम्मेदवराी दर्तामाथि उल्लेखित कलस्टर बमोजिम निर्वाचन केन्द्रबाट हुने जनाइएको छ ।

त्यसैगरी उम्मेदवारी दर्ता शुल्क १ हजार उम्मेदवारी दर्खास्त फारम दर्ता गर्ने बेलामा बुझाउनु पर्ने बताइएको छ ।

वि.सं.२०७८ पुस १८ आइतवार १०:२७ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

काठमाडौँ । सामसङ नेपालले “सामसङ सेभिङ डेज” अफर घोषणा गरेको...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...