तनहुँ । कटेजबाट १५ जना पक्राउ परेका छन् । ब्यास नगरपालिका-११ मझाङदी बस्ने खगेन्द्र गुरुङले संचालन गरेको मझाङदी कटेजमा कौडा खेलिरहेको अवस्थामा गुरुङ सहित १५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ७५ हजार ४० रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
वि.सं.२०७८ पुस १८ आइतवार १२:५० मा प्रकाशित






























