back
CTIZAN AD

बारामा धान उत्पादन वृद्दि

वि.सं.२०७८ पुस १८ आइतवार

633 

shares

कलैया । यस वर्ष बारामा धान लगाएको क्षेत्रफल र धान उत्पादन दुबै बढेको छ ।

समयमै मनसुन सक्रिय भएपछि गतवर्षको तुलनामा यो वर्ष दुई हजार ९१४ हेक्टर बढी क्षेत्रफलमा रोपाइँ भएको थियो भने छ हजार ३५२ मेट्रिकटन बढी धान उत्पादन भएको थियो ।

कृषि ज्ञानकेन्द्र बाराका अनुसार चालु आर्थिक वर्षमा दुई लाख ६२ हजार ७४१ दशमलव २५ मेट्रिकटन धान उत्पादन भएको छ । अघिल्लो वर्ष दुई लाख ५६ हजार ३८९ दशमलव २५ मेट्रिक टन धान उत्पादन भएको थियो । यो गत वर्षको aतुलनामा छ हजार ३५२ मेट्रिकटन धान बढी उत्पादन भएको हो ।

चालु आर्थिक वर्षमा उत्पादन भएको धानमध्ये अगहनी एक लाख ४१ हजार ५७७ दशमलव २५ मेट्रिक टन, भदैया ५१ हजार १९१ दशमलव पाँच मेट्रिक टन र चैते धान ६९ हजार ९७२ दशमलव पाँच मेट्रिक टन उत्पादन भएको केन्द्रका कृषि विज्ञ गेनालाल मण्डलले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा अगहनी ३४ हजार ११२ हेक्टर, भदैया ११ हजार ९०५ हेक्टर र चैते १५ हजार १०५ गरि कूल ६१ हजार १२५ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो ।

गत आर्थिक वर्षमा अगहनी एक लाख ४५ हजार २०१ दशमलव २५ मेट्रिक टन, भदैया ५४ हजार ८८२ दशमलव छ मेट्रिक टन र चैते धान ५३ हजार ३०६ मेट्रिक टन उत्पादन भएको थियो । यसका लागि अगहनी १४ हजार १६५ हेक्टर, भदैया ११ हजार ९३१ हेक्टर र चैते १२ हजार ११५ हेक्टर क्षेत्रफलमा लगाएको केन्द्रका कृषि विज्ञ मण्डलले जानकारी दिए ।

बारामा कूल ६९ हजार ९६३ हेक्टर कृषियोग्य जमिन रहेको छ । तीमध्ये चुरेपहाडतर्फ ९९५, तराईतर्फ ६१ हजार ८१८ गरि कूल ६२ हजार ८२३ हेक्टर क्षेत्रफलमा खेती हुने गरेको छ । तीमध्ये सात हजार १४० हेक्टर जमिन बाँझो रहेको छ भने वर्षैभरी सिञ्चित हुने ३३ हजार १३२ र आंशिक सिञ्चित हुने २९ हजार ६९१ हेक्टर क्षेत्रफल रहेको केन्द्रले जनाएको छ । रासस

 

वि.सं.२०७८ पुस १८ आइतवार १५:३२ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...