१८ पुष, काठमाडौँ । साताको पहिलो दिन आइतबार नेप्से ६० दशमलव ४१ अंकले वृद्धि हुर्दै समग्र परिसूचक पनि बढेर २५८४ दशमबल ९१ बिन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ पनि २ दशमलब २९ अंकले बढेर ४८२ दशमलब ०१ अंकमा पुगेको छ ।
आज कुल सूचिकृतमध्ये २४० कम्पनीका ४ अर्ब १२ करोड ६९ लाख ८० हजार ०६७ रुपैंयाँ बराबरका ७१ लाख ६० हजार ९८३ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ५२ हजार १ सय २२ पटक लेनदेन भएको छ ।
कारोबार रकमको आधारमा हिमालयन डिष्टिलरी, नबिल बैंक, शिवम सिमेन्ट, नेपाल बंगलादेश बैंक, अपी पवार लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा नेपाल बंगलादेश बैंक, अपी पावर, नविल बैक, अरुण भ्याली हाईड्रोपावर, सिवम सिमेन्ट लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।
आज सबैभन्दा धेरै कमाउनेमा हिमालयन डिष्टिलरी, मध्य भोटेकोशी जलविद्यृत, सूर्या लाईफ इन्स्योरेन्स, कर्पोरेट डेभलपमेन्ट बैंक, किसान लघुवित्त लगायतका कम्पनीका लगनीकर्ताहरु परेका छन । त्यसैगरी आज सबै भन्दा धेरै गुमाउनेमा भने गोर्खाज फाइनान्स, मञ्जुश्री फाइनान्स, दिव्यश्वरी हाईड्रोपावर, घलेम्दी हाईड्रोपावर, सामलिङ् पवार लगायतका कम्पनीका लगानीकर्ताहरु परेका छन ।
वि.सं.२०७८ पुस १८ आइतवार १५:२० मा प्रकाशित


























