back
CTIZAN AD

हिमपातले गहुँबाली सप्रिने भन्दै किसान खुसी

वि.सं.२०७८ पुस १८ आइतवार

660 

shares

डोटी । लामो समयको खडेरी पश्चात् परेको हिमपातले जिल्लाका किसान खुसी भएका छन् । पानी नपरेकाले बारीमा छरेको गहुँबाली उम्रिन नसक्नाका साथै कीरा फट्याङ्ग्राले खाएर सक्ने भन्दै चिन्तामा रहेका यहाँका किसान दुई दिनसम्म परेको हिमपातले गहुँलगायत अन्य बालीलाई पानी पर्याप्त हुने भएकाले खुशी भएका हुन् ।

जिल्लाका उच्च लेकाली तथा आकासे पानीको भरमा खेती गरिएका ठाउँमा लगाइएका खेतीपातीका लागि बाक्लो हिमपातले प्रशस्त पानी पुगेकाले किसान रामाएका सायल गाउँपालिकाका तेजबहादुर सिंहले बताए । उनले भने, “पानी नहुँदा गहुँ बाली सुकेको थियो, अधिकाँश ठाउँका बाली कीराले खाइसकेको थियो, हिमपातले राम्रो सिँचाइ भएकाले अब गहुँलगायत खेती सप्रिने भएका छन् ।”

लामो समयदेखि पानी नपरेका बेला हिमपातसँगैको वर्षाले यहाँका किसानले लगाएका गहँु, तोरी, मसुरो, चनालगायत बाली तथा र आलु, काउली, बन्दालगायत तरकारी खेती राम्रो हुनाका साथै उत्पादनमा पनि वृद्धि हुने आशा पलाएको केआइसिंह गाउँपालिका–२ का किसान रुद्रलाल भट्टले जानकारी दिए । आकाशे पानीको भरमा खेती लगाउने डाडाँका बस्तीसँगै फाँटमा लगाइएको बालीमासमेत वर्षाले राम्रो भएको उनको भनाइ थियो । गएको असोज महिनादेखि पानी नपरेका कारण खेतीयोग्य जमिन सुक्खा भएका बेला पानी परेपछि हिउँदे बालीका साथै तरकारी खेतीको उत्पादनमा वृद्धि हुने र बेमौसमी वर्षाले राम्रो प्रभाव पारेको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । केही मात्रामा चिसो बढ्ने भएकाले थोरै बालीमा नोक्सानी गरे पनि अहिलेको हिमपात र वर्षाले उत्पादनमा वृद्धि ल्याउने ज्ञान केन्द्रको अपेक्षा छ ।

 

वि.सं.२०७८ पुस १८ आइतवार १५:४२ मा प्रकाशित

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

कैलाली । गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादनसम्बन्धी सीपमूलक तथा आयआर्जनमूलक...

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

काँक्रेविहार (सुर्खेत) । पश्चिम जाजरकोटमा करोडौँ रुपैँया लगातका पक्की पुलहरूको...

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

कञ्चनपुर । धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री...

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस...