back
CTIZAN AD

जोरपाटीका महिलाहरुले पनि नारी स्वतन्त्रता खोजे

वि.सं.२०७३ फागुन २६ बिहीवार

720 

shares

17160977_1357385677651585_85333584_n

काठमाडौं । ‘महिला सम्मानको आधार, सीपयुक्त हात र स्वरोजगार’, ‘बदलिँदो परिवेशमा कामकाजी महिला, सन् २०३० सम्ममा बराबरी पाइला’ भन्ने मुल नाराका साथ गोकर्णेश्वर नगरपालिका जोरपाटी स्थित विहानी एकल महिला समुह शाखाले विश्व नारी दिवस मनाएको छ ।
नारी स्वतन्त्रतालाई सर्वमान्य हुनुपर्छ, नारी हिंसा अन्त्य गरिनुपर्छ भनेर न.पा. कार्यालयबाट बुधबार विहान र्याली सुरु गरी जोरपाटी चोक हुदै बौद्ध स्तुपालाई परिक्रमा गरेर पुनः जोरपाटी चोकमा कोणसभाकोसाथमा कार्यक्रम सम्पन्न भएको थियो ।
समूहका अध्यक्ष झुमा लामाको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा पूर्वअध्यक्ष पुष्पा लिम्बु, अतिथि देविका लिम्बु र अध्यक्ष लामाले हामी सबैले घरघरमा नारी स्वतन्त्रता गराएर सक्षम, सबल समाजको निर्माण गरिनुपर्ने, अनि मात्र महिलामैत्री देशको विकास हुने बताए ।
समूहका सचिव टिकामाया जिरेलका अनुसार २०५२ सालमा स्थापित यस समूहको शाखा जोरपाटी क्षेत्रमा २०६७ बाट संचालनमा आएको बताइन् । यस शाखाले सीपमुलक कार्यहरु धुप, अचार बनाउने प्रविधि करिब दुई सय जना जति एकल महिलाहरुलाई सिकाई सकेको छ भने केही दिनमै न.पा.को आर्थिक सहयोगमा ढाका बुन्ने सीप पनि प्रदान गरिने सचिव जिरेलले बताइन् ।

वि.सं.२०७३ फागुन २६ बिहीवार ०४:२९ मा प्रकाशित

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

म्याग्दी । जिल्लास्थित बेनी नगरपालिका–४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौँ । पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा...

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर । यहाँको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि...