Logo
२८ श्रावण २०७९, शनिबार
     Sat Aug 13 2022
E-paper
  English Edition
   Unicode
Logo

माघ महिनामा प्रवासमा हराएका नेपाली सपनाहरु



suryabir_tamang_pnpअमेरिकाको सान फ्रान्सिस्कोको बे एरियाको माउन्टेन हाउसमा बस्दै आएका बद्रि घिमीरेको दुर्घटनामा मृृत्यु भएको छ । ललितपुरको दक्षिण भेग संखुका घिमीरे पेशाले इन्जियनियर थिए ।
ललितपुको गोटिखेलबाट एसएलसी, पाटन संयुक्त क्याम्पसबाट फिजिक्समा विएसस्सी, पाकिस्तानबाट इलेक्ट्रोनिक इन्जिनियरिङ, र अमेरिकाबाट इन्जिनियरिङमै उच्च शिक्षा हासिल गरेका घिमीरेको दुर्घटनामा मृत्यु भएको जनाइएको छ । अमेरिकामा लिडिङ्ग टेलिफोनको केरियर कर्पोरेटमा कामगर्दै आएका घिमीरेको फेब्रुअरीको पहिलो साता मृत्यु भएको सान फ्रान्सिस्कोमै रहँदै आएका पत्रकार कृष्ण केसीले सामाजिक जानकारी दिएका छन् ।

अमेरिकाको ड्यालसमा एक नेपालीको उपचारका क्रममा मृत्यु भएको छ । ९ वर्ष देखि अमेरिकामा रहँदै आएका चितवनका राजमणि चौधरीको ६ फेब्रुअरीका दिन उपचारकै क्रममा मृत्यु भएको हो ।
ज्नवरी ११ का दिन कामबाट फर्कदै गरेका उनले अचानक अप्ठ्रो महसुस गरेपछि अस्पताल भर्ना गरिएको थियो । चौधरीको मस्तिष्कमा समस्या देखिएपछि झण्डै चारहप्ता प्लानोस्थित अस्पतालमै राखेर उपचार गरिएको पनि उनका आफन्त बिक्रम चौधरीले संचारमाध्यमलाई जानकारी दिएका छन् । परिवारसहित टेक्सासको रौनकमा बस्दै आएका उनी त्यहाँ रहेका नेपाली संघसंस्थामा सक्रिय रहेका थिए । खेलाडी समेत रहेका ३७ वर्षे चौधरीका पत्नीसहित १६ र १२ वर्षका दुई छोरा छन् । उनीहरु अमेरिकामै रहेका छन् । एक्लै काम गरेर परिवार धानेका चौधरीको मृत्युपछि परिवार शोकमा डुबेको छ । मतृकको शबको दाहसंस्कार गर्न समेत समस्या परेकोले नेपाली समाज टेक्सासले गोफन्ड खाता खोलको पनि समाजका उपाध्यक्ष कमल सापकोटाले बताएका छन् ।

जापानको खानागावा केनको योकोहामामा ३३ वर्षीय संजय खत्रीले २९ जनवरीका दिन आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेका छन ।
अमरपुरी ८ नवलपरासीका खत्रीले खानागावाको योकहामास्थित खानाजावा हाक्केई स्टेशन नजिकको कोठामा आत्महत्या गरेको जापानबाट पत्रकार शान्त पहरीले जानकारी दिएका छन् ।
१३ महिना अघि सुन्दर सपना बोकेर जापान आएका खत्रीले आत्महत्या के कारणले गरेको भने खुलेको छैन उनि केहि समयअघि देखी मानसिक तनावमा मर्छु भन्दै आएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनका श्रीमती र ३ बर्षिय छोरा छन् ।

मलेसियामा प्युठानका दिपक नेपालीको सुतेकै अवस्थामा मृत्यु भएको छ । ११ महिना अघिमात्र मलेसिया पुगेका दिपक नेपालीको कम्पनीको लापरवाहीका कारण मृत्यु भएको बताइएको छ । चार पाँच दिन देखि पेट दुख्यो भनेर कम्पनीलाई खबर गर्दा पनि समेत कुनै वास्ता नगरेकोले २२ जनवरीका दिन उनको मृत्यु भएको बताइएको छ ।
भहउभबत कभअगचष्तथ क् म् ल् द्य ज् म् नामक कम्पनीमा कार्यरत रहेका दिपकको घरमा श्रीमती र एकछोरी रहेका छन् ।
मलेसियामै सप्तरी बेलीचपेनाका २ का धर्मेन्द्र मण्डलको मृत्यु भएको छ ।
३ वर्ष अगाडि मलेसिया पुगेका बेलिचपनाका मण्डलको मृत्यु के कारणले भएको भन्ने खुल्न नसकेको परिवारले जनाएको छ ।
उनी मलेसियाको पेनाङस्थित ग्लोवल फर सक्सेस फुड कम्पनीमा कार्यरत थिए । माघको अन्तिम साता मण्डलको परिवारले शब नेपाल ल्याउन सहयोग गरिदिन सरकारसँग अनुरोध गरेको थियो ।

कोरियामा कार्यरत स्याङजा पुतलीबजार राङखोलाका ३९ वर्षीय होम बहादुर गुरुङको औद्योगिक दुर्घटनामा ज्यान गएको छ ।
रोजगारीका लागि चारवर्ष अघि कोरिया पुगेका गुरुङको छंग्जुस्थित बुक्दो ओछानमा काम गर्ने क्रममा प्लाष्टिक रिसाइकल गर्ने मेसिनमा बेरिएर १९ जनवरीका दिन मृत्यु भएको कोरियाबाट पत्रकार लिलु डुम्रेले लेखेका छन् ।
मृतक गुरुङको परिवारमा श्रीमती, एक छोरा र छोरी रहेका छन् । डुम्रेका अनुसार पछिल्लो चार महिनामा औद्योगिक दुर्घटनामा परेर दक्षिण कोरियामा ४ नेपालीको मृत्यु भएको छ ।

कतारमा कार्यरत २१ वर्षीय गोविन्द बुढाको सुतेकै अवस्थामा ज्यान गएको छ ।  रोजगारीको सीलसीलामा कतार गएका रुकुम स्यालखादी ६ पहाडाका बुढाको २८ जनवरीका दिन सुतेकै अवस्थामा ज्यान गएको छ । कामबाट फर्केर खाना खाएर राम्रै सुतेका उनी अर्कोदिन बिहान मृत भेटिएका उनको परिवारले जानकारी दिएको छ ।
दुईवर्ष पहिले बुबाको मृत्यु भएपछि र आमाले अर्कैसँग विवाह गरेपछि आर्थिक चपेटामा परेका बुढा गत असारमा रोजगारीका लागि कतार गएका थिए । बुढाको शव नेपाल ल्याइदिनका लागि परिवारले सरकारसँग अनुरोध गरेको बताइएको छ ।
स्वीजरल्याण्डमा सुर्यवीर तामाङको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वीजरल्याण्डका पूर्वसदस्य दुर्गा बहादुर तामाङका छोरा २५ वर्षीय तामाङको मृत्यु भएको हो ।
१७ जनवरीका दिन छाति दुख्यो भनेपछि जेनेभास्थित स्थानीय अस्पताल लगिएका उनको हृदयघातका कारण मृत्यु भएको उपचारमा संलग्न डाक्टरहरुले जानकारी दिएका थिए ।
अस्पताल पुगेर इन्जेक्सन लगाएको केही समयपछि उनको निधन भएको स्वीजरल्याण्डबाट पत्रकार लक्ष्मण देवकोटाले जानकारी दिएका छन् । तामाङको स्वीजरल्याण्डमै बौद्ध परम्परा अनुसार दाहसंस्कार सम्पन्न गरिएको छ ।

२०१६ मा ९ सय ५० नेपालीले ज्यान गुमाए
रोजगारीको सीलसीलामा विभिन्न देशमा पुगेका ९ सय ५० नोपलीले ज्यान गुमाएका छन् ।
विदेशस्थित नेपाली दूतावासहरुका अनुसार सन् २०१६ मा मध्यपूर्वका देश र मलेसियामा मात्रै ९ सय ५० नेपालीले ज्यान गुमाएका छन् । जसमा ३८ जना महिला छन् । दूतावासका अनुसार मलेसियामा ३ सय ९२, साउदी अरबमा २ सय २९, कतारमा १ सय ७६, संयुक्त अरब इमिरेट्स (युएइ) मा ६६, कुवेतमा २५, दक्षिण कोरियामा २०, बहराइनमा ११, अफगानिस्तानमा १४,ओमनमा ७, इराकमा ५ जनाको मृत्यु भएको
पत्रकार होम कार्कीले कान्तिपुर दैनिकमा लेखेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

कञ्चनपुर । भीमदत्त नगरपालिका– १४ स्थित नयाँ कटानका दिलबहादुर चौधरीले विदेशबाट फर्केपछि पशुपक्षी फार्म

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको

काठमाडौं । स्थानीय निर्वाचनमा जस्तै प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि एमाले एक्लो हुने भएको