back
CTIZAN AD

सत्ता गठबन्धन र प्रतिपक्षी एमालेको जुहारी, गठबन्धन भन्छ-फकाउँछौं, एमाले भन्छ-माफी माग्नुपर्छ

वि.सं.२०७८ पुस २३ शुक्रवार

825 

shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलले माफी माग्नुपर्ने बताएका छन् ।

एमालेको आजदेखि सुरुभएको जिल्ला अधिबेशन उद्घाटका क्रममा पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमको उद्घाटनपछि पत्रकारसँग कुराकानी गर्दै पोखरलेलले संसद संचालनका लागि गठबन्धनले माफी माग्नुपर्ने बताएका छन् ।

‘आज संसद अबरुद्ध हुनुका पछाडि सभामुखको गैरसंवैधानिक भूमिकाकाप्रति हाम्रो असहमति हो । नेकपा एमाले दललाई जुन तरिकाबाट विभाजित गरियो त्यो संविधान र कानुन संवत छैन भन्ने कुरा नै हो,’ पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने, ‘एमाले विभाजित भैसक्यो अध्यादेश फिर्ता लिने भन्ने कुरा राजनैतिक अनैतिकताको परकाष्ठा हो ।’

महासचिव पोखरेलले गठबन्धनले आफुले गरेको कामप्रति क्षमा याचना गर्नुपर्ने र सभामुखले गल्ति सच्याउने वा राजिनामा दिएर संसद चलाउनका लागि बाटो खोल्ने कुरा अथवा असंबैधानिक कदमका विरुद्धमा अदालतमा दायर गरेको मुद्दामा फैसला गर्ने कुरासँग संसद संचालन जोडिएको बताए ।

‘सत्ता गठबन्धनलाई संसद चलाउनु नै छैन । उ त एक प्रकारले नेकपा एमालेले संसद चल्न दिएन भन्ने कुराको गीत गायर जनताका विचमा भ्रम सिर्जना गर्न चाहान्छ । यसर्थ उ संसद चलाउन खोज्याछ भन्ने हाम्रो बुझाई पनि छैन। उसले नेकपा एमालेका कारण संसद चल्न सकेन भन्ने नाममा आफ्नो स्वेच्छाचारी साशन लम्ब्याउने कुरामै रुची राखिरहेको छ ।

उनले सत्तारुढ गठबन्धनले बैशाखमा हुने स्थानीय निकायको चुनाव समेत गर्न नखोजेको आरोप लगाउँदै अरु कुरामा उसको रुची के हुनसक्छ भन्ने प्रश्न समेत गरेका थिए ।

सत्ता गठबन्धन भन्छ–संसद सुचारुका लागि एमालेलाई फकाउँछौ
यता शुक्रवार बसेको सत्तारुढ गठबन्धनको बैठकले एमालेका अध्यक्ष केपी ओलीलाई भेटेरै संसद अवरोध अन्त्यका लागि आग्रह गर्ने निर्णय गरेको छ ।

शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री शेर बहादुर देउवाले संसदको गतिरोध अन्त्यका लागि अध्यक्ष ओलीलाई नै भेटेर यस विषयमा छलफल गर्न अन्य दलका नेताहरु आग्रह गरेका छन् ।

बैठकमा गठबन्धन दलका नेताहरुले ओलीलाई भटेर संसद गतिरोधको अन्त्य गर्नका लागि पहल गर्न आग्रह गरेका हुन् ।

बैठकमा सभागी रहेका एक नेताले भने–प्रधानमन्त्रीले आज भोलीमै विपक्षी दलका नेतालाई भेट्नुह्ुन्छ र संसद अवरोध अन्त्यका लागि पहल गुर्नहुन्छ ।

सत्तारुढ गठबन्धन र एमालेको जुहारी
लामो समयदेखि संसद अवरोध गर्दै आएको एमालेले पटक-पटक गठबन्धन दल र सभामुखले माफी मागेमा मात्र संसद अवरोध अन्त्य गर्ने बताएको छ भने यता सत्तारुढ गठबन्धनले पटक-पटक एमालेसँग सकरात्मक वार्ता गरेर संसद अवरोध खुलाउने बताउँदै आएको छ ।
यसअघि संसद अवरोध खुलाउनका लागि भन्दै सभामुख अग्नि सापकोटाले भदौ २८ गते बोलाएको सर्वदलीय बैठकमा एमालेका अध्यक्ष ओलीलाई पनि डाकिएकोमा उनी उपस्थित भएका थिएनन् ।

त्यस्तै गत कात्तिक १३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको बैठकमा पनि एमाले सहभागी भएको थिएन । एमाले अध्यक्ष ओलीले समस्या समाधानका लागि सार्वजनिक रुपमा नभएर प्रधानमन्त्रीले व्यक्तिगत रुपमा माफी माग्नुपर्ने बताउँदै आएका छन् ।
संसदमा प्रतिपक्षी रहेको एमालेले गत भदौ २३ गतेदेखि निरन्तर रुपमा संसद अवरुद्ध गर्दै आएको छ ।

वि.सं.२०७८ पुस २३ शुक्रवार १५:४७ मा प्रकाशित

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...