back
CTIZAN AD

प्रचण्डका कान्छा ज्वाइँको प्रस्ताव ठाडै अस्वीकृत

वि.सं.२०७८ पुस २४ शनिवार

753 

shares

काठमाडौं । मुलुकका शक्तिसाली नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ का कान्छा ज्वाँइको प्रस्ताव सन्जालमा ठाडै अस्वीकृत भएको छ ।

झण्डै एकदशक यतादेखि माओवादी राजनीतिमा सक्रिय भएका र प्रचण्डकी कान्छी सुपुत्री गंगा दाहालसँग विवाह गरी ‘कान्छा ज्वाइँ’ को सम्मान पाएका जीवन आचार्यलाई माओवादी पार्टीभित्र एक सक्ति केन्द्रका रुपमा मान्नेको संख्या बढ्दै गएका बेला उनको एक प्रस्तावमाथि देशभक्त नेपालीहरुले असहमति जनाएका छन् ।

आनन्दराज बतास र सो समूहद्धारा नारायणहिटीको जग्गा कौडीको मोलमा उपभोग भएको चौतर्फि विरोध बढिरहेका बेला प्रचण्डका कान्छा ज्वाँइ जीवन आर्चाले ‘बतासलाई गाली नगरौं र अब यसो गरौं’ भन्दै उपदेश बाडेको संजाल बाहिरीए लगत्तै उनको प्रस्तावमा तर्कसहितको विरोध सार्वजनिक भएको हो ।

प्रचण्डका कान्छा ज्वाँइको सो प्रस्तावमा साढे तीनसयले लाइक गरे पनि कमेन्ट दिनेहरुको बलियो संख्याले उनको प्रस्तावलाई अस्वीकार गरेको छ ।

संगीतकार चेतन सापकोटा, टिएन आचार्य लगायतका केही कार्यकर्ताले टोटली एग्री र फुल्ली एग्री भनिरहँदा महेश नेपाल, चक्र भट्ट, भेषकुमार कार्की, जुनु पोखरेल, पुरुषोत्तम पोखरेल, विवेक शर्मा, बसन्त दाहाल, कुँवेर क्रान्ति पाठक, मन्जु तिम्सिना, लोकेन्द्र क्षेत्री, जगत बस्नेत, किरण विष्ट, गोपाल निर्भिक, सुरेन शाक्य, विनोद भेक्टर, देशभक्त पाइलट, राजेश्वर फुँयाँल, मोहन कार्की, युवराज क्षेत्री, तोक बहादुर तामाङ, प्रविण शाहि, भिमसेन घिमीरे, अमित कँडेल, राजेश खतिवडा,रमेश दाहाल, पृथ्वी दाहाल, भट्टराई श्रीमन्त लगायतकाले भने तर्कसहित उनको प्रस्ताव अस्वीकार गरेका छन् ।

आचार्य यतिबेला प्रचण्डको कान्छा ज्वाँइ मात्र नभएर उपराष्ट्रपतिको सल्लहाकार समेत रहेका छन् । नेकपा माओवादी केन्द्रको नीतिलाई नै असहज हुने गरी आएको भन्दै केही कार्यकर्ताले उनको नियतमाथि पनि प्रश्न उठाएका छन् ।तर, केही कार्यकर्ताले भने उनको बचाउ गरेका छन् ।

वि.सं.२०७८ पुस २४ शनिवार १७:२६ मा प्रकाशित

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...