काठमाडौं । नेकपा एमाले रुपन्देहीको अध्यक्षमा तेजेन्द्र केसी निर्विरोध निर्वाचित भएका छन् ।
केसीका प्रतिस्प्रर्धीको रुपमा उम्मेदवारी दिएका पुरुषोत्तम घिमीरेले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएपछि केसी सर्वसम्मत भएका हुन् ।
त्यसैगरी जिल्लाको उपाध्यक्षमा जागेश्वरी चौधरी, सचिवमा यज्ञ गैरे चयन भएका छन् भने खेमप्रसाद लुइटेलले सचिवको उम्मेदवारी फिर्ता लिएपछि लुइटेल सर्वसम्मत भएका हुन् ।
त्यस्तै उपसचिवमा चित्रबहादुर कार्की र हितराज पन्थी चयन भएका छन् । नेकपा एमालेको रुपन्देहीमा १५१ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ । सबै पद निर्विरोध चयन गरिएको अध्यक्ष केसीले जानकारी दिएका छन् ।
वि.सं.२०७८ पुस २५ आइतवार १५:२८ मा प्रकाशित



























