back
CTIZAN AD

के-के छन् त कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि सिसिएमसीका १३ निर्णय ?

वि.सं.२०७८ पुस २६ सोमवार

654 

shares

काठमाडौं । नेपालमा केही दिनयता कोरोना संक्रमित हुनेको संख्या तिब्ररुपमा बढेपछि सरकारले कोरोना संक्रमणको जोखिमलाई नियन्त्रण र रोकथामका लागि विभिन्न निर्णय गरेको छ ।

गत मंगलवारदेखि निरन्तररुपमा बढ्दै गएको कोरोना संक्रमण साताको अन्तिमदिन शुक्रवार ९६८ र साताको सुरुवाती आइतवार ११६७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

ती मध्ये उपत्यकामा मात्रै ६१५ जना संक्रमित भएका थिए । ती मध्ये सबैभन्दा बढी काठमाडौंमा ४९१ जनामा संक्रमण पुष्टि भएको थियो ।
छिमेकी देश भारतमा यसअघि दैनिक १० हजारमा झरेको कोरोना संक्रमितिको संख्या बढेर लाखमा पुग्न थालेपछि नेपाली सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउनुका साथै उपत्यका लगायतका अस्पतालमा उपचार गराउन आउने कोरोना संक्रमितको संख्या समेत बढेको छ । स्थिति भयावह हुँदै जाने देखिएपछि यसको नियन्त्रण र रोकथामका लागि आइतवार कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) को बैठक बसेर विभिन्न १३ निर्णयहरु गरेको हो ।

माघ १५ सम्मका लागि स्कुल बन्द
सिसिएमसीको बैठकले विद्यार्थीमा कोरोना संक्रमणको जोखिम नहोस् भन्नका लागि आगमी माघ १५ गतेसम्मका लागि देशैभरीका स्कुलहरु बन्द गर्नका लागि शिक्षा मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको छ । सिसिएमसीको उक्त सिफारिसलाई शिक्षा मन्त्रालयले कार्यान्वयनमा लैजाने बताउँदै सोमबार बेलुकासम्म निर्णय सार्वजनिक गर्ने भएको छ ।
मन्त्रालयका प्रवक्ता दीपक शर्माले सिसिएमसीको सिफारिस कार्यान्वयनका लागि सचिवस्तरीय बैठक बसेर निर्णय गर्ने जानकारी दिएका छन् ।
२५ जनाभन्दा बढी सहभागी हुन नपाइने
देशमा कोरोना संक्रमित हुने र मृत्यु हुनेको संख्या घट्दै गएपछि केही सहज बनेको जनजीवन पुनः असहज हुँदै जाने देखिएको छ । कोरोना संक्रमण बढेसँगै त्यसको नियन्त्रण र रोकथामका लागि बसेको सिसिएमसीको बैठकले अब उप्रान्त २५ जना भन्दा बढी भेला हुने गरी कुनैपनि मेला, भेला, महोत्सवहरु आयोजना नर्गन÷नगराउन सबै स्थानीय प्रशासनलाई गृहमन्त्रालयमार्फत् पत्र पठाउन सिफारिस गर्ने निर्णय गरेको छ । साथै माघ ७ गतेदेखि सार्वजनिक स्थानहरु (कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल रंगशाला, हवाईयात्रा, पार्क) लगायतका ठाउँमा प्रवेश गर्दा अनिवार्य रुपमा कोरोना विरुद्धको खोप लगाएको कार्ड हेरेर मात्र प्रवेश गराउन सिफारिस गरेको छ ।

नेपाल प्रवेश गर्ने नाकामा अनिवार्य एन्जिेन परीक्षण
सरकारले नेपाल प्रवेश गर्ने विन्दुमा अनिवार्यरुपमा एन्टिजेन परीक्षणको कार्यलाई थप प्रभावकारी बनाउने र परीक्षणबाट पोजेटिभ देखिएकालाई तत्काल संस्थागत आइसोलेशनमा (होल्डिङ सेन्टरमा आदि) मा राख्न सम्बन्धीत जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रले आवस्यक व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

यी हुन अन्य निर्णयहरु

आज एकैदिन ११६७ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

वि.सं.२०७८ पुस २६ सोमवार १३:२० मा प्रकाशित

सामसङ नेपालको अपग्रेड टु ग्यालेक्सी अफर सार्वजनिक, आकर्षक एक्सचेन्ज,बोनस र सजिलो इएमइ सुविधा !

सामसङ नेपालको अपग्रेड टु ग्यालेक्सी अफर सार्वजनिक, आकर्षक एक्सचेन्ज,बोनस र सजिलो इएमइ सुविधा !

काठमाडौँ । सामसङ नेपालले आफ्ना ग्राहकहरूका लागि विशेष “अपग्रेड टु...

दक्षिण एसियामा वनः नेपाल दोस्रो स्थानमा

दक्षिण एसियामा वनः नेपाल दोस्रो स्थानमा

काठमाडौँ । दक्षिण एसियाका आठ मुलुकमध्ये सबैभन्दा बढी वनक्षेत्र भुटानमा...

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको...

महाकाली नदीमा सेनाको विपद् अभ्यास

महाकाली नदीमा सेनाको विपद् अभ्यास

महेन्द्रनगर । नेपाली सेनाको अगुवाइमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली...

अध्यक्ष ओलीद्वारा इदको शुभकामना

अध्यक्ष ओलीद्वारा इदको शुभकामना

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा...

मुग्लिन-पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

मुग्लिन-पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण...