काठमाडौं । नेपालमा आज ११६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज एन्टिजेन र पिसीआर विधिबाट गरिएको १२ हजार ६३२ नमु्ना परीक्षणमा ११६७ जनामा संक्रमण पुष्टि भएको हो । ती मध्ये ८४१ पिसीआर र ऐन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३२६ जना संक्रमित पुष्टि भएका हुन् ।
आज उपत्यकाको काठमाडौंमा ४९१, भक्तपुरमा २५ र ललितपुरमा ९९ जनासँगै ६१५ जनामा संक्रमण पुष्टि भएको हो । शनिवारको तुलनामा उपत्यकामा कोरोना संक्रमण हुनेको संख्यामा वृद्धि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका ११६७ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख ३० हजार ८ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ५२१ जनासँगै नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या ८ लाख १४ हजार ६ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा २ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । हालसम्म ११ हजार ६०४ जनाको कोरोनाबाट मृत्यु भएको छ ।
मन्त्रालयको विवरण अनुसार ६ हजार ७५५ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये हाल होम आइसोलेशनमा ६ हजार १२७ होम ६२८ जना संस्थागत आइसोलेशनमा रहेका छन् । संस्थागत आइसोलेशनमा रहनेको यो संख्या शनिवार भन्दा एकसयले बढी हो ।
ती मध्ये ७० जना आइसीयु र १६ जना भेन्टिलेटरमा उपचाररत छन् ।
विश्वमा ३० करोड बढीमा संक्रमण, ५५ लाख बढीको मृत्यु
कोरोना संक्रमण सुरु भएदेखि आजसम्म विश्वमा ३० करोड ६० लाख ८० हजार ४१७ जना कोरोना संक्रमित भएका छन् भने ५५ लाख २ हजार ७१२ जनाको मृत्यु भएकोस्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म ४९ लाख २८ हजार ६२४ पिसीआर र एन्टिजेन विधिबाट ८ लाख ५८ हजार ३७९ गरी कूल ५७ लाख ८७ हजार ३ वटा नमुना परीक्षण गरिएको छ । साथै पिसीआर विधिबाट गरिएको नमुना परक्षिणमा ८ लाख ३२ हजार ५८९ र ऐन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९७ हजार ४१५ जना गरी नेपालमा हालसम्म संक्रमित हुनेको कूलसंख्या ९ लाख ३० हजार ४ पुगेको छ । सोहि अवधिमा ८ लाख १४ हजार २३० जना निको भएका छन् ।
वि.सं.२०७८ पुस २५ आइतवार १७:३० मा प्रकाशित




























