back
CTIZAN AD

ओमिक्रोनको प्रकोप देखिएकै बेला युरोपेली मुलुकमा देखियो कोरोनाको नयाँ भेरियन्ट

वि.सं.२०७८ पुस २५ आइतवार

861 

shares

काठमाडौं । एकपछि अर्को गर्दै कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न देशमा देखिन थालेको छ। ओमिक्रोनको प्रकोप चलिरहेकै बेला विश्वका विभिन्न मुलुकमा ‘डेल्टाक्रोन’ नामको नयाँ भेरियन्ट देखिन थालेको हो ।

विश्व स्वास्थ्य संघको एक रिपोर्टअनुसार युरोपेली मुलुक साइप्रसमा कोरोनाको नयाँ भेरियन्ट डेल्टाक्रोन देखा परेको छ। जेरुसेलम पोष्टले साइप्रस मेललाई उद्धृत गर्दै जारी गरेको रिपोर्टअनुसार डेल्टाक्रोनको आनुवंशिक पृष्ठभूमि डेल्टा भेरियन्टसँग मिल्दोजुल्दो छन् । साथै ओमिक्रोनमा देखिएका केही स्वभाव पनि डेल्टाक्रोनमा देखिएका छन् ।

ओमिक्रोनका संक्रमित भनि अस्पताल भर्ना भएका केहीमा त्यस्तो संक्रमण देखिएको हो । साइप्रस विश्वविद्यालयको बायोटेक्नोलोजी र आणविक भाइरोलोजी प्रयोगशालाका प्रमुख डा लियोनडियोस कोस्ट्रिकिसले अस्पतालमा भर्ना भएका बिरामीहरूमा म्यूटेशनको समस्या उच्च रहेको बताए।

चिकित्सकहरुले भने यसलाई धेरै चिन्ताको विषय बनाउन नहुने बताएका छन् । उनीहरुले नयाँ–नयाँ भेरियन्टको विकास हुनु स्वभाविक भएको बताएका छन् । एजेन्सीबाट

वि.सं.२०७८ पुस २५ आइतवार १७:३० मा प्रकाशित

अनेमसंघले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंघले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...