back
CTIZAN AD

मीनबहादुर शाहीको ‘सङ्घीयतामा शिक्षा’ सार्वजनिक

वि.सं.२०७८ पुस २५ आइतवार

960 

shares

काठमाडौँ । डा मीनबहादुर शाहीले लेखेका ‘सङ्घीयतामा शिक्षा’ (चुनौतीका चाङमा अलमलिएको नेपालको शिक्षा) नामक पुस्तक सार्वजनिक भएको छ ।

शिक्षाविद् डा विद्यानाथ कोइराला र डा हरि लम्सालले यहाँ आयोजित एक कार्यक्रममा सो पुस्तक विमोचन गरेका हुन । सो अवसरमा उनीहरुले नेपालको शैक्षिक अवस्थाका बारेमा जानकारी लिन पुस्तक सहयोगी हुने विश्वास व्यक्त गरे । पुस्तकमा शिक्षा क्षेत्रका धेरै विषय समेटिएको उनीहरुको भनाइ थियो ।

नेपालमा लामो समयसम्म शिक्षामा देखिएका चुनौती समाधान हुनसकेको छैन । तिनलार्ई एकीकृतरुपमा पुस्तकमार्फत समाधानको पहल गर्न सहयोग मिल्ने लेखक शाहीले बताए । सङ्घीय प्रणालीमा अबको शिक्षालाई सही ढङ्गबाट अघि बढाउनका लागि के के चुनौती छन् र ती चुनौतीलाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा पनि पुस्तकमा खाका प्रस्तुत गरिएको जनाइएको छ ।

अबको शिक्षा कस्तो हुनु आवश्यक छ जस्ता विषय पनि पुस्तकमा समेटिएको लेखक शाहीले बताए ।

वि.सं.२०७८ पुस २५ आइतवार १७:०२ मा प्रकाशित

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

देवचुलीका ५ विद्यार्थीले  एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

देवचुलीका ५ विद्यार्थीले एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

नवलपुर । देवचुली नगरपालिका ले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२...

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

नवलपुर ।  जनज्योति माध्यमिक विद्यालय मा कक्षा ११ अन्तर्गत विज्ञान...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...