back
CTIZAN AD

बतास समूहसँग आफ्नो नाम जोडिएपछि ओलीको टिप्पणी : आफ्नो भ्रष्टाचार ढाक्न केपीको ज्वाईँ बनाए

वि.सं.२०७८ पुस २५ आइतवार

1.2K 

shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विवादास्पद कम्पनी बतास समूहसँग आफ्नो नाम जोडेर गरिएको चर्चाप्रति आपत्ति जनाएका छन् । उनले सरकारी पक्षले आफ्नो भ्रष्टाचार लुकाउन बतास समूहलाई नक्कली ज्वाईँ खडा गरेको बताए ।

“सञ्चार माध्यममा बोलाएर म त केपी ओलीको ज्वाइँ हो भन्न लगाउनु भएछ, फोटो पनि खिचाउनु भएछ”, आइतबार झापा पुगेका ओलीले भनेका छन्, “‘मेरा त छोरी देशभरी छन्, छोरीसँग बिहे गर्ने जति सबै ज्वाइँ हुने भए, छोरासँग बिहे गर्नेजति सबै बुहारी, यस्ता कुरा लिएर आफ्नो भ्रष्टाचार छोप्न खोज्ने छन् अहिले सरकारमा ।”

सरकार आफैं भ्रष्टचार लुकाउन लागि परेको ओलीको भनाई छ ।

एक टेलिभिजनसँगको कुराकानीमा बतास समूहका आनन्द बतासले आफुँ शेरबहादुर देउवाको निकटस्थ रहेको बताउँदै झापाको भद्रपुर ससुराली भएकाले केपी ओलीले पनि ज्वाइँ भन्ने गरेको बताएका थिए ।

बतासलाई ओली नेतृत्वको तत्कालिन सरकारले नै नारायणहिटी जग्गा उपलब्ध गराएको थियो । बतासले बताएअनुसार तत्कालिन समय सेटिङकै आधारमा उनले जग्गा पाएका थिए ।

वि.सं.२०७८ पुस २५ आइतवार १७:५० मा प्रकाशित

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३२ औं वर्ष प्रवेश गरेको...