back
CTIZAN AD

१३ हजार २६४ नमुना परीक्षण गर्दा ९४४ जनामा कोरोना संक्रमण

वि.सं.२०७८ पुस २४ शनिवार

717 

shares

काठमाडौं । नेपालमा आज ९४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज एन्टिजेन र पिसीआर विधिबाट गरिएको १३ हजार २६४ नमु्ना परीक्षणमा ९४४ जनामा संक्रमण पुष्टि भएको हो ।

आज उपत्यकाको काठमाडौंमा ३६२, भक्तपुरमा २५ र ललितपुरमा ९४ जनासँगै ४८१ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका ९४४ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख २८ हजार ८४१ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २९७ जनामा कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका २९७ जनासँगै नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या ८ लाख १४ हजार ६ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा हालसम्म ११ हजार ६०२ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

नेपालमा हाल ६ हजार १४० जना सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयको विवरण अनुसार ५ हजार ६३१ होम आइसोलेशन र ५०९ जना संस्थागत आइसोलेशनमा रहेका छन् । ती मध्ये ८१ जना आइसीयु र १४ जना भेन्टिलेटरमा उपचाररत छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा २ लाख ४३ हजार ४६० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

 

नेपालमा बढ्न थाल्यो कोरोना संक्रमित हुनेको संख्या, एकैदिन ९६८ जनामा संक्रमण

वि.सं.२०७८ पुस २४ शनिवार १६:३८ मा प्रकाशित

अनेमसंघले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंघले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...