back
CTIZAN AD

राष्ट्रिय सहकारी बैंकले रु आठ अर्बको शेयर पूँजी बढाउने

वि.सं.२०७८ पुस २४ शनिवार

735 

shares

गलकोट । राष्ट्रिय सहकारी बैंकले उत्पादन क्षेत्रमा लगानी बढाउँदै गएको छ ।

सहकारी क्षेत्रसँग जोडिएको राष्ट्रिय सहकारी बैंकले रु तीन अर्बको शेयर पूँजी बढाएर रु आठ अर्ब पु¥याएको छ । उत्पादन क्षेत्रमा लगानी बढाउँदै जाने बैंकले जनाएको छ ।

बैंकको १८औँ वार्षिक साधारणसभाको सन्दर्भमा पूँजी बढाएर रु आठ अर्ब पु¥याउने लक्ष्य लिएको छ । अहिले सातै प्रदेशमा इकाइ साधारणसभा गरिरहेको बैंकले पुस ३० गते प्रतिनिधिहरुको साधारणसभा गर्दैछ ।

बैंकले सहकारीलाई लगानी गर्दा उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आग्रह गर्दै आएको र आगामी दिनमा कुन क्षेत्रमा लगानी गर्ने भन्ने तथ्याङ्क सङ्कलन गर्न सुरु गर्ने राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले जानकारी दिए । त्यस्तै बैंकले विनियम संशोधन गरी रु तीन अर्ब शेयर पूँजीको सीमालाई बढाएर रु आठ अर्ब पु¥याउने जनाउँदै तरलता व्यवस्थापनमा लागेको जनाएको छ ।

देशभर ३० हजार सहकारी छन् । बैंकले १५ हजारभन्दा बढी सदस्यलाई समेटेको छ । पूँजी बढाएर सबै सहकारीलाई पूर्ण वित्तीय सेवा दिने उद्घोषका साथ बैंकले पूँजी बढाउँदै लगेको छ ।

बैंकले पहिलोपटक भौतिक रुपमा १८ औँ एकाइ साधारणसभा देशभरका प्रदेशअन्तर्गत पुस १६ गते धनगढीबाट सुरु भएको थियो । बैंकको ४४ शाखा रहेकामा ५४ प्रतिशतले वृद्धि गरी ६८ शाखा बनाएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले बताए । उनले सहकारी र प्रविधिबीच काम गर्न डिजिटल बैंकिङ युनिट बनाउने भन्दै अब वाणिज्य बैंकसँग प्रतिस्पर्धा गर्न सक्ने बैंक बनाउने बताए ।

बैंकले सिबिएस स्तरोन्नति, कर्जा व्यवस्थापन सफ्टवेयर कार्यान्वयनमा ल्याउने भएको छ । यस्तै, चेक क्लिरियन्स, तरलता सङ्कट व्यवस्थापन र उत्पादक क्षेत्रमा लगानी बढाउँदै लैजाने गुरागाईंले बताए ।

वि.सं.२०७८ पुस २४ शनिवार १६:५४ मा प्रकाशित

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...