काठमाडौं । नेपालमा आज एकैदिन ९६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज एन्टिजेन र पिसीआर विधिबाट गरिएको १४ हजार ९७१ नमु्ना परीक्षणमा ९६८ जनामा संक्रमण पुष्टि भएको हो । यो संख्या विहीवारको तुलनामा आधा भन्दा बढी हो ।
आज उपत्यकाको काठमाडौंमा २८४, भक्तपुरमा २३ र ललितपुरमा ६२ जनासँगै ३६९ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका ९६८ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख २७ हजार ८९७ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा २६२ जनामा कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका २६२ जनासँगै नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या ८ लाख १३ हजार ७०९ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा हालसम्म ११ हजार ६०२ जनाको कोरोनाबाट मृत्यु भएको छ ।
नेपालमा हाल ५ हजार ७४१ जना सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयको विवरण अनुसार ५ हजार २८६ होम आइसोलेशन र ४५५ जना संस्थागत आइसोलेशनमा रहेका छन् । ती मध्ये ८१ जना आइसीयु र १५ जना भेन्टिलेटरमा उपचाररत छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा २ लाख ६३ हजार ३७१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

नेपालमा बढ्न थाल्यो कोरोना संक्रमित हुनेको संख्या, एकैदिन ९६८ जनामा संक्रमण
वि.सं.२०७८ पुस २३ शुक्रवार १६:४५ मा प्रकाशित




























