back
CTIZAN AD

रोगले मासिए सुन्तलाको बगैँचा

वि.सं.२०७८ पुस २६ सोमवार

786 

shares

लमजुङ । लटरम्मै हुने गरी फल दिने सुन्तलाका बोटले फल दिन नसक्दा पकेट क्षेत्रमा सूचिकृत स्याउत गाउँमा केही वर्षदेखि बोट मात्रै बाँकी रहन थालेकोे छ । सुन्तला बिक्रीबाट मात्रै वार्षिक रू पाँच लाखभन्दा बढी आम्दानी गर्दै आएका बेँसीशहर नगरपालिका– ११ साविक चिती–२ स्याउत गाउँका रमेशराज पन्तको सुन्तला बचैँचाबाट विगतमा वार्षिक रु चार लाखभन्दा बढी आम्दानी हुन्थ्यो तर रोगले सुन्तला बचैँचा मासिँदै जादा केही वर्षदेखि वार्षिक रू ४०/५० हजार मात्र आम्दानी हुन थालेको उनको गुनासो थियो । यसवर्ष पनि सोही हाराहारीमा आम्दानी भयो । कृषक पन्तले भने, “धेरै स्याहार सुसार र मलजल गरेर मुस्किलले २५/३० वटा बोट जोगाइएकाले अहिलेसम्म आम्दानी लिइरहे पनि बगैँचा भने मासिने क्रममा छ ।

पन्तको भन्दा फरक छैन सुरेशबाबु पाण्डेको पीडा पनि । सोही गाउँका सुन्तला किसान पाण्डेले केही वर्षदेखि सुन्तलाको बोटले फल दिन छाडेको बताए । सोह्र/सत्र वर्षअघिबाट करिब ४०० रोपनीमा तीन सयभन्दा बढी बोटले फल दिँदै आएको र यसबाट बर्सेनि रू तीन लाखदेखि चार लाखसम्म आम्दानी हुने गरे पनि केही वर्षदेखि भने ती सुन्तलाका बोट मर्दै जाँदा यतिबेला सबै बोट रोगले सखाप भइसकेको छ । उनले भने, “अहिले त परिवारले खाने पनि सुन्तला छैन ।” अर्का किसान कृष्णप्रसाद पन्तले भने, “गाउँभरिबाट बर्सेनि रू दुई करोडभन्दा बढीको सुन्तला बिक्री हुन्थ्योे र त्यस रकमबाट यहाँका बासिन्दाको जीवनयापनमा ठूलो सहयोग पुगेको थियो तर अहिले गाउँभरिबाट रू १५/१६ लाख आम्दानी पनि मुस्किलले भएको छ ।’’

गाउँमा रहेका करिब ८० घरधुरले नै विगत लामो समयदेखि सुन्तला लगाउँदै आए पनि सुन्तलाको बोटमा रोग लागेपछि अधिकांशको सुन्तला मरिसकेको छ । तेह्र वर्षको अन्तरालमा ग्रिनिङ भाइरसका कारण सुन्तलाको जरा मर्ने, पात सुक्ने, हाँगा सुक्दै जाने, साना दाना लाग्ने र कम फल्नेजस्ता समस्या किसानले झेल्दै आएका थिए तर समस्या समाधान गर्न नसक्दा गाउँभरिका सुन्तला बगँैचा सखाप भइसकेको अर्का किसान उत्तमराज पाण्डेको भनाइ थियो ।

कत्ले कीरा, पँतेरोलगायत कीराले बिरुवा तथा बोटमा रोग सार्ने र सिट्रेस डिक्लाईन(उत्पादनमा ह्रास हुने रोग) र ग्रिनिङ भाइरसजस्ता रोग लागे पनि गोडमेल, स्याहार, सिँचाइको व्यवस्था, बिरुवा छनोटजस्ता काममा सुन्तला किसानले ध्यान नपुर्याउनकाले सुन्तला बगैँचा मासिँदै गएको कृषि ज्ञान केन्द्रका प्रमुख सुदीप खतिवडाले बताए ।

साविकको जिल्ला कृषि विकास कार्यालयमा पकेट क्षेत्रमा सूचीकृत साविक चितीको स्याउत गाउँ बाहेक करापुटारको बेतिनी, तार्कुको गहते, भोर्लेटारको लामासोती, भोटेओडार, उदीपुरको घिमिरे गाउँलगायत क्षेत्रमा रोग लागेर सुन्तलाका बोट मर्दै गएपछि बगैंचा पनि मासिँदै हो । लमजुङमा उत्पादन भएका सुन्तला काठमाडौँ, पोखरा, चितवनलगायत सहरमा राम्रो खपत हुँदै आएको थियो तर सुन्तला उत्पादनमा कमी हुँदै जाँदा जिल्लामै पनि पुर्याउनका लागि मुस्किल हुन थालेको सम्बद्ध किसानको भनाइ थियो । जिल्लामा एक हजार २०० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएकामा घट्दै गएर ६०० हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुँदै थियो ।

गतवर्ष ३०२ हेक्टर जमिनमा सुन्तला लगाइएकामा २१३ हेक्टर जमिनमा सुन्तला उत्पादन भएको केन्द्रले जनाएको छ । यसवर्ष २२५ हेक्टर जमिनमा सुन्तला लगाइएकामा १८० हेक्टर जमिनमा मात्र उत्पादन भएको केन्द्र प्रमुख खतिवडाले बताए । आर्थिक वर्ष २०७७/७८ मा एक हजार ४२४ मेक्ट्रिटन सुन्तला उत्पादन भएकामा यस आर्थिक वर्ष एक हजार २४० मेक्ट्रिटन सुन्तला उत्पादन भएको थियो ।

 

वि.सं.२०७८ पुस २६ सोमवार १५:५४ मा प्रकाशित

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

काठमाडौँ । स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १०...