काठमाडौं । ललितपुरमा रहेको सिलुलाईट बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारणसभा सम्पन्न भएको छ ।
सहकारीका अध्यक्ष राम गोपाल सिंहको अध्यक्षतामा ललितपुरको लुभु पार्टी प्यालेसमा पुष २४ गते शनिबारका दिन १२ औं साधारणसभा सम्पन्न भएको हो ।
उक्त सधारणसभामा प्रमुख अतिथि महालक्ष्मी नपा वडा नं. ८ का वडा अध्यक्ष विश्वराज श्रेष्ठ र संस्थाका अध्यक्ष राम गोपाल सिंहले संस्थामा आवद्ध जेष्ठ बृद्ध शेयर सदस्यहरुलाई दोसल्ला ओडाएर नगद सहित सम्मान गरेका थिए ।

संस्थाका उपाध्यक्ष अर्जुन कुमार थापाको स्वागत मन्तव्यसंगै शुरु भएको कार्यक्रममा उपस्थित विभिन्न सहकारीका प्रतिनिधिहरुले साधारणसभाको सफलताको शुभकामना मन्तव्य राखेका थिए ।

उक्त साधारणसभामा संस्थाका सचिव श्याम कृष्ण महर्जनले पेश गरेको प्रतिवेदन र कार्ययोजना र लेखा समितिका संयोजक मोहन कृष्ण तण्डुकारले पेश गरेको लेखासमितिको बार्षिक प्रतिवेदन उपर व्यापक छलफल र सुझाव पछि पारित गरिएको थियो ।

निर्वाचन समितिका संयोजक राम श्रेष्ठले नवनिर्वाचित संस्थाका सञ्चालक समिति तथा लेखा समितिका पदाधिकारीको नामावली वाचन गरेर सुनाएका थिए भने निर्वाचित पदाधिकारीहरुलाई महालक्ष्मी नपा वडा नं.७ का वडा अध्यक्ष तथा अतिथि नहकुल थापा र राम श्रेष्ठले संयुक्तरुपमा निर्वाचनको प्रमाणपत्र बितरण गरेका थिए ।

२०६६ चैत्र १२ गते विधिवत स्थापना भएको उक्त सहकारीमा हाल ६०६ जना शेयर सदस्यहरु आवद्ध रहेको पनि संस्थाले जनाएको छ ।
वि.सं.२०७८ पुस २६ सोमवार १५:४८ मा प्रकाशित





























