back
CTIZAN AD

सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेज नेपालको लागि थाई स्माइल एयरवेजको जनरल सेल्स एजेन्ट नियुक्त

वि.सं.२०७८ पुस २६ सोमवार

642 

shares

२४ पुष, काठमाडौँ । थाइल्यान्डको क्षत्रीय पूर्ण वायुसेवा प्रदायक कम्पनी थाइ स्माइल एयरवेजले सोसाइटी इन्टरन्यासनल ट्राभल सर्भिसेजलाई नेपालको लागि आफ्नो जनरल सेल्स एजेन्टको रुपमा नियुक्त गरेको छ । यो नियुक्ती २०२१ डिसेम्बर १ देखि लागु भइसकेको छ ।

बैङ्कक स्थित थाई एयरवेजको पूर्ण स्वामित्व रहेको क्षत्रीय थाई स्माइल एयरवेजले नेपालको उत्कृष्ट ट्राभल एजेन्सी सोसाइटी इन्टरन्यासनल ट्राभल सर्भिसेजलाई नेपालको लागि आफ्नो जनरल सेल्स एजेन्टमा नियुक्त गरेको छ ।

यस सम्झौता अनुसार सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजले थाई स्माइल एयरवेजका लागि सेल्स, मार्केटिङ र एयरपोर्ट सञ्चालन सेवाका साथै पूर्ण ग्राहक र एजेन्सी सहयोग सेवाहरू उपलब्ध गराउने छ ।

यसै सम्झौतामार्फत थाई स्माइल एयरवेजले नेपाली ग्राहकहरुलाई उत्कृष्ट सेवा र सुविधा प्रदान गर्दै नेपाली बजारमा रहेको अवसरलाई सदुपयोग गर्ने मात्र नभई सन् १९६८ देखि थाइ एयरवेज इन्टरनेशनलले वायुसेवा प्रदान गर्दै आएको यस रुटमा फेरी वायुसेवा प्रदान गर्दै नेपाल र थाइल्याण्ड बीचको दुरी पनि मेटाउने लक्ष्य राखेको छ ।

आरआर ग्रुप अफ कम्पनिजको स्वामित्व अन्तर्गतको सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजका अध्यक्ष रविचन्द्र सिंहले भने, “थाई स्माइल एयरवेजसँग सहकार्य गर्न पाउँदा हामी हर्षित छौँ । हाम्रो पार्ट्नर एयरलाइन्सहरुको अन्तर्राष्ट्रिय बजार हिस्सा र बिक्री बढाउन हामीले अभ्यास गर्दै आइरहेकोमा अन्तरराष्ट्रिय स्तरको सेवा र स्थानीय बजारको हाम्रो ज्ञानलाई यो नियुक्तिले अझै राम्रो अवसर दिएको छ । थाई स्माइल एयरवेजको काठमाडौं–बैंकक उडानले दुई देशको सम्बन्ध अझ मजबुत बनाउनुको साथै दुवै देशको पर्यटन प्रवर्धन गर्दै दुवै देशको अर्थतन्त्रको विकासमा पनि उल्लेखनीय भूमिका खेल्नेछ ।”

थाई एयरवेज इन्टरनेशनल पब्लिक कम्पनी लिमिटेड (थाई) को सहायक एयरलाइन्स, थाई स्माइल एयरवेजका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत भिसेट सोन्तिचाईले भने, “बैंकक–काठमाडौं रुट शुरु भएको जानकारी दिन पाउँदा थाई स्माइल टिम गौरवान्वित भएको छ । यसले निश्चय नै बैंकक र एसियाका अन्य मुख्य शहरहरू बीच सम्पर्क बढाउने हाम्रो रुट प्लानिङ रणनितीलाई सफल बनाएको छ । यस उडानले थाइल्याण्ड–नेपाल सम्बन्धमा अर्को सुनौलो आयाम थप्नेछ भन्ने हामीले विश्वास गरेका छौँ र साथ–साथै अन्य धेरै किसिमले एसियाली क्षेत्रीय ट्रेड फेयर क्यापिटलको रूपमा हाम्रो भूमिकामा, हाम्रो सांस्कृतिक र पर्यटकीय विकासमा, र हाम्रो व्यापार र ट्रेड सम्बन्धमा पनि नयाँ आयाम थप्नेमा पनि हामी विश्वस्त छौँ । त्यसैले विस्तारै दक्षिण एसियाली र अन्य एसियन मुलुकहरुमा पनि गन्तव्य विस्तार गर्ने गेट–वेको रुपमा नेपालको विकास हुनेछ र साथै पर्यटकहरुको लागिनेपालअझै उत्कृष्ट गन्तव्य बन्नेछ भन्ने हामी अपेक्षा गर्दछौँ ।”

 

वि.सं.२०७८ पुस २६ सोमवार १७:०१ मा प्रकाशित

तनहुँका धानबालीमा मरुवा रोग, स्थलगत प्राविधिक अनुगमन सुरु

तनहुँका धानबालीमा मरुवा रोग, स्थलगत प्राविधिक अनुगमन सुरु

दमौली (तनहुँ) । कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा...

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

मुस्ताङ । यहाँका पाँच स्थानीय तहका किसानलाई अनुदान सहुलियतमा खेतबारी...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय...

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

काठमाडौं । एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय...

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

गलकोट (बागलुङ) । बागलुङको तमानखोला गाउँपालिकाले सार्वजनिक जग्गालाई आय आर्जनसँग...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...