Logo
२७ जेष्ठ २०८०, शनिबार
     Sat Jun 10 2023
E-paper
  English Edition
   Unicode
Logo

विभाजनको ६ महिना नपुग्दै जसपामा अर्को खटपट, उपेन्द्र एकातिर बाबुराम अर्कोतिर



काठमाडौं । पार्टी विभाजन भएको ६ महिना नपुग्दै जनता समाजवादी पार्टी (जसपा)मा फेरि अर्को खटपट सुरु भएको छ । जसपाका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच खटपट सुरु भएको हो ।

दुईबीचको विवाद सार्वजनिक रुपमै पनि प्रकट हुन थालेको छ । पार्टीका कार्यक्रमहरुले एकले अर्कोलाई विरोध र निषेध गर्ने अवस्था बनेको छ ।

मन्त्री चयनदेखि नै विवाद

यादव र भट्टराईबीच गठबन्धन सरकारमा मन्त्री पठाउने विषयदेखि नै विवाद उब्जेको हो । भट्टराईले मन्त्रीको चयन सहमतिमा हुनुपर्ने बताइरहेका थिए । मन्त्री चयन गर्न जसपाले तत्कालिन समय यादव, भट्टराई र अशोक राई सम्मिलित तीन सदस्यीय कार्यदल बनाएको थियो ।

मन्त्री चयनदेखि उब्जेको विवाद पछिल्ला घटनाक्रमसँगै बढेको हो । विवादकै कारण जसपामा तीन गुट विकसित भएको छ । पछिल्लो समय विवादकै कारण जसपाभित्र सामूहिक निर्णय नै हुन छाडेको छ । 

तर, कार्यदललाई वेवास्ता गर्दै यादवले एकलौटी मन्त्री चयन गरेका थिए । तत्कालिन समय मन्त्री चयनमा उब्जेको विवाद क्रमशः विकसित हुँदै गएको हो । मन्त्री चयनदेखि उब्जेको विवाद पछिल्ला घटनाक्रमसँगै बढेको हो । विवादकै कारण जसपामा तीन गुट विकसित भएको छ । पछिल्लो समय विवादकै कारण जसपाभित्र सामूहिक निर्णय नै हुन छाडेको छ ।

पार्टीको अभियान नै बेग्ला–बेग्लै

पार्टी विभाजनसँगै महन्थ ठाकुर नेतृत्वको लोसपाले तराईमा पार्टी सुद्धढीकरण अभियान चलाउँदै गर्दा जसपाले पनि लोसपालाई माथ दिनेगरि पार्टी सुद्धढीकरण अभियान चलाउने निर्णय गरेको थियो । तर, पार्टीका अभियान यादव पक्षको एकातिर र भट्टराई पक्षको अर्कोतिर बनेको छ ।

तराईका आफुँ प्रभाव क्षेत्रमा यादवले भट्टराई बिनाको अभियान चलाईरहेका छन् भने पहाडी क्षेत्रमा भट्टराईले यादव बिनाको अभियान चलाईरहेका छन् । भदौदेखि नै सुरु भएको यस्तो अभियानलाई पार्टी विभाजनको रुपमा समेत अथ्र्याइएको छ ।

तराईका आफुँ प्रभाव क्षेत्रमा यादवले भट्टराई बिनाको अभियान चलाईरहेका छन् भने पहाडी क्षेत्रमा भट्टराईले यादव बिनाको अभियान चलाईरहेका छन् । भदौदेखि नै सुरु भएको यस्तो अभियानलाई पार्टी विभाजनको रुपमा समेत अथ्र्याइएको छ ।

मन्त्री चयनदेखि सुरु भएको विवाद पार्टी सुद्धढीकरणसम्म आउँदा चुलिएको धेरैको बुझाई छ । विवादकै बीच यादवले राष्ट्रिय सभा निर्वाचनका लागि पनि एकलौटी उम्मेदवार चयन गरेका छन् । जसले थप दुरी बढाएको बुझिएको छ ।

उपेन्द्र प्रचण्ड नजिक, भट्टराई बेग्लै शक्ति निर्माणमा

तत्कालिन समय केपी शर्मा ओलीविरुद्व पाँच दलीय गठबन्धन बनाउने अभियानदेखि नै यादव माओवादी केन्द्र नजिक देखिएका छन् । उनी माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का सबैजसो निर्णयका साँची पनि बनेका थिए ।

गठबन्धनको निर्माणसँगै माओवादी, एकीकृत समाजवादी र जसपाबीच एकताको चर्चासमेत चलेको थियो । जसलाई कुटनीतिक शैलीमा यादवले स्वीकार गर्दै आएका छन् । हालै भएको माओवादी केन्द्रको महाधिवेशनको उद्घाटन सत्रमा यादवले दिएको अभिव्यक्तिलाई पनि सोही रुपमा अथ्र्याइएको छ । यादवले माओवादीको महाधिवेशन उद्घाटन सत्रमा आफुँलाई पुरानो माओवादी भनेका थिए ।

यादव माओवादी, एकीकृत समाजवादी र जसपाबीच एकता हुनुपर्ने लाइनमा देखिएका छन् । तर, यादवको उक्त लाईनमा भट्टराई भने असहमत भएको देखिन्छ । यादवसँग दुरी बढेसँगै भट्टराई जसपा होइन ‘समाजवादी केन्द्र’ निर्माणको अभियानमा जुटेका छन् ।

यादव माओवादी, एकीकृत समाजवादी र जसपाबीच एकता हुनुपर्ने लाइनमा देखिएका छन् । तर, यादवको उक्त लाईनमा भट्टराई भने असहमत भएको देखिन्छ । यादवसँग दुरी बढेसँगै भट्टराई जसपा होइन ‘समाजवादी केन्द्र’ निर्माणको अभियानमा जुटेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नवलपुर । तराईमा अत्यधिक गर्मी बढेसँगै विद्यालय बन्द भइरहेको अवस्थामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले

(नारायण ढुङ्गाना) काठमाडौँ । यसपालि नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्ने देखिएको

काठमाडौं । गंगा दाहाल पछिल्लो समय सामाजिक सञ्जालदेखि सञ्चार माध्यममा चर्चाको पात्र बनिरहेकी छिन्

काठमाडौँ । अहिले नेपालको समसामायिक विषयको बनेको छ ‘ग्रेटर नेपाल’ को नक्शा । भारतले