back
CTIZAN AD

प्रहरी कार्यालयभित्र पुस्तकालय स्थापना

वि.सं.२०७८ पुस २८ बुधवार

837 

shares

नवलपुर । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा नागरिक प्रहरी पुस्तकालय स्थापना गरिएको छ । विभिन्न सङ्घसंस्था तथा व्यक्तिको सहयोगमा पुस्तकालय स्थापना गरी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले पुस्तकालयको उद्घाटन गरे ।

विसं २०७७ माघ ५ गतेदेखि सुरु भएको ‘हिरासतमा किताब’ कार्यक्रम जिल्लाका पाँच प्रहरी कार्यालयमा सञ्चालन भइसकेपछि मङ्गलबार जिल्लाको कावासोतीस्थित जिल्ला प्रहरी कार्यालयमा नागरिक प्रहरी पुस्तकालय सञ्चालनमा ल्याइएको प्रहरी उपरीक्षक मल्लले बताए । प्रहरी कार्यालयभित्र नागरिक र प्रहरीबीचको सम्बन्धलाई सुदृढ गर्न र बाह्य ज्ञानको सीमालाई बढाउनका निमित्त पुस्तकालय शुभारम्भ गरिएको उनको भनाइ छ ।

प्रहरी कार्यालयमा सञ्चालित नागरिक प्रहरी पुस्तकालय निर्माणका लागि आवश्यक पर्ने पुस्तक, फर्निचर, र्याकसहितका सामग्री जुटाउन जिल्लाको कावासोती नगरपालिका, गैँडाकोट नगरपालिका, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको महत्वपूर्ण सहयोग रहेको प्रहरी उपरीक्षक मल्लले बताए ।

कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जिल्ला प्रहरी कार्यालयमा सञ्चालनमा आएको नागरिक प्रहरी पुस्तकालयमा प्रहरी कर्मचारी तथा आम नागरिकको समेत सहज रुपमा पहुँच हुने बताए । पुस्तकालयमा कानुन, उपन्यास, कविता, कथासहितका आख्यान र गैह्रआख्यान गरी करिब एक हजार थान पुस्तक रहेको गिरीले जानकारी दिए । पुस्तकालयमा आवश्यकताअनुसार नेपाली तथा अङ्ग्रेजी भाषाका किताब थप गर्दै लगिने उनले बताए ।

 

वि.सं.२०७८ पुस २८ बुधवार १३:१९ मा प्रकाशित

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

गोपालप्रसाद बराल, महोत्तरी । केही दशक पहिलेसम्म महोत्तरीका बस्तीबस्तीका किसान...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आर्थिक सर्वेक्षणः शेयर कारोबार रकम घट्यो, सूचकाङ्क र पुँजीकरण भने सकारात्मक

आर्थिक सर्वेक्षणः शेयर कारोबार रकम घट्यो, सूचकाङ्क र पुँजीकरण भने सकारात्मक

काठमाडौँ । चालु आर्थिक वर्षको फागुनसम्म धितोपत्र दोस्रो बजारमा भएको...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३२ औं वर्ष प्रवेश गरेको...