back
CTIZAN AD

भारतमा कोरोनाको तेस्रो लहरः एकैदिन झण्डै २ लाख संक्रमित, ४४२ को मृत्यु

वि.सं.२०७८ पुस २८ बुधवार

771 

shares

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा १ लाख ९३ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ ।

केही दिनअघि प्रतिदिन १० हजारमा झरेको कोरोना संक्रमित हुनेको संख्या पछिल्ला केहीदिनयता बढेर एकैदिन झण्डै २ लाखमा पुगेको हो ।

त्यसैगरी भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि बढेको छ । त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४४४ जनाको मृत्यु भएको छ । साथै सोहि अवधिमा ६० हजार १८२ जना निको भएका छन् ।

समाचार ऐजेन्सीका अनुसार भारतका देखिएको यो तेस्रो लहरका कारण केही दिनमै कोरोना संक्रमित हुनेको संख्या बढेर ९ लाख बढी रहेको छ ।

भारतमा हालसम्म कूल संक्रमितको संख्या ३ करोड ६० लाख पुगेको छ भने उनीहरुमा ३ करोड ४६ लाख निको भइसकेका छन् भने ४ लाख ८४ हजार ६५५ जनाको मृत्यु भएको तथ्यांक रहेको छ ।

भारतमा तेश्रो लहरमा संक्रमित हुनेमा उच्च पदस्थहरु, डाक्टर, नर्स, प्रहरी समेत रहेका छन् । दिल्ली प्रहरीका अनुसार जनवरी १ देखि १२ सम्म १७ सय प्रहरी संक्रमित भएका छन् ।

 रक्षामन्त्री, राज्यमन्त्री, मुख्यमन्त्री लगायतमा पनि संक्रमण
भारतका रक्षामन्त्री राजनाथ सिंह, केन्द्रीय मन्त्री नितिन गडकरी, बिहारका मुख्य मन्त्री नितिश कुमार, राजस्थानका मुख्यमन्त्री अशोक गहलोत, केन्द्रीय गृहराज्यमन्त्री नित्यानन्द राय, स्वास्थ्य राज्यमन्त्री प्रवीण पवार, कर्णाटकका मुख्यमन्त्री बसवराज बोम्वई, केन्द्रीय रक्षा राज्यमन्त्री अजय भट्ट, चर्चित गायिका लता मंगेशकर, नायिका करिना कपुर लगायतका कलाकारहरुमा पनि कोरोना पोजेटिभ देखिएको छ । ती मध्ये केही निको भइसकेका छन् भने केही उपचाररत रहेको बताइएको छ ।

त्यस्तै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल समेत कोरोना पोजेटिभ देखिएका थिए । उनी केही समयको उपचारपछि अब स्वस्थ्य रहेको बताइएको छ ।

यी हुन बढी प्रभावित भएका राज्यहरु
महारष्ट्रमा मंगलवार ३४ हजार ४२४ जनामा संक्रण पुष्टि भएको छ । तर संक्रमित हुनेको यो संख्या अघिल्ला ३ दिनयताको कम रहेको बताएका छन् । त्यहाँ २४ घण्टामा २२ जनाको मृत्यु भएको छ । महाराष्ट्रमा हाल २ लाख २१ हजार सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै महाराष्ट्रमा ४८१ जना डाक्टरहरु संक्रमित भएका छन् । भारतको महाराष्ट्रमा मात्रै १ लाख ४२ हजारले कोरोना संक्रमणबाट ज्यान गुमाएकाछन् ।

त्यस्तै पश्चिम बंगालमा एकैदिन २१ हजार ९८ जना नयाँ संक्रमित थपिएका छन् भने त्यहाँ १९ जनाको मृत्यु भएको छ भने दिल्लीमा मंगलवार २१ हजार ३५९ संक्रमित भएका छन् । साथै दिल्लीमा बुधवार २३ जनाको मृत्यु भएको छ । दिल्लीमा हालसम्म २५ हजार २०० को मृत्यु भएको छ ।

त्यस्तै तमिलनाडुमा १५ हजार ३७९ जना संक्रमित हुँदा २० जनाको मृत्यु भएको छ भने कर्णाटकमा १४ हजार ४७३ जनामा संक्रमण पुष्टि हुनुका साथै ५ जना मृत्यु भएको समाचार ऐजेन्सीले जनाएका छन् ।

त्यस्तै राजस्थान, मध्यप्रदेश, उत्तरप्रदेश, पंजाव, हरियाणा, गुजरात, छत्तीसगढ, बिहार र झरखण्डमा पनि दैनिक ३ देखि ७ हजारसम्म संक्रमित भएको तथ्यांक रहेको छ ।

दिल्लीका ५ अस्पतालका ८ सय डाक्टरमा कोरोना संक्रमण

वि.सं.२०७८ पुस २८ बुधवार १३:२६ मा प्रकाशित

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

गोपालप्रसाद बराल, महोत्तरी । केही दशक पहिलेसम्म महोत्तरीका बस्तीबस्तीका किसान...

आजको मौसम पूर्वानुमान : कतै वर्षा कतै तातो हावा

आजको मौसम पूर्वानुमान : कतै वर्षा कतै तातो हावा

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा...

पालिकाले दियो तीन सय बढी किसानलाई हातेट्याक्टर

पालिकाले दियो तीन सय बढी किसानलाई हातेट्याक्टर

भोजपुर । पौवादुङमा गाउँपालिकाले कृषिमा यान्त्रिकीकरण प्रवद्र्धन गर्ने लक्ष्यसहित तीन...

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल...

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...