back
CTIZAN AD

बाँकेमा कोरोना सङ्क्रमणको जोखिम बढ्यो

वि.सं.२०७८ पुस २९ बिहीवार

612 

shares

राँझा । नेपाल–भारत खुल्ला सिमानाका कारण बाँकेमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएको छ । नेपालगञ्जस्थित जमुनाह नाकाबाट प्रवेश गर्ने नागरिकको कोरोना परीक्षण हुने गरे पनि अन्य ग्रामीण क्षेत्रमा रहेका खुल्ला नाकामा बिना परिक्षण निर्वाधरुपमा आवतजावत भइरहेको छ । पछिल्लोपटक भारतबाट नेपाल फर्किने नागरिकमा कोरोना सङ्क्रमण दर बढ्दो रहेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज ओलीले जानकारी दिए ।

उनका अनुसार बुधबारमात्रै जमुनाह नाकामा २७ नयाँ कोरोना सङ्क्रमित फेला परेका छन् । नेपालगञ्जस्थित बाल मन्दिर आइसोलेसन केन्द्रमा बुधबारसम्म ११ पुरुष र ६ महिला गरी १७ जना रहेका छन् । यी सबै बाहिरी जिल्लाका हुन् । कोरोना सङ्क्रमण दिनहुँ बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले भीडभाड नगर्न र स्वास्थ्य मापदण्ड पालना गर्न आदेश जारी गरिसकेको छ ।

प्रशासनले सार्वजनिकस्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवं त्यही प्रकृतिका कार्यकम तथा मेला, भेला, महोत्सव आयोजना गर्नलगायत कार्यमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।

 

वि.सं.२०७८ पुस २९ बिहीवार ११:११ मा प्रकाशित

अनेमसंघले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंघले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...