back
CTIZAN AD

नेकपाभित्र अर्को लफडा, ऋषि कट्टेललाई नै कारबाही !

वि.सं.२०७८ पुस २९ बिहीवार

1.1K 

shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्र चर्को लफडा शुरु भएको छ । नेकपा निकट एक नेताका अनुसार केही समयदेििख चुलिँदै आएको विवाद वार कि पारको अवस्थामा पुगेको हो ।

पूर्वमाक्र्सवादी धारसहित अन्य विभिन्न समूहमा आवद्ध कम्युनिष्टहरुलाई एकिकृत गर्दै बनेको नेकपामा ऋषि कट्टेलले नेतृत्व दिँदै आएका छन् । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को एकता पछि बनेको नेकपालाई अदालतका माध्यमबाट आफ्नो पक्षमा ल्याएपछि सो समूह र ऋषि कट्टेलको चर्चा ह्वात्तै चुलिएको थियो ।

तत्कालिन नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग बढी हिमचिम गरेको, पार्टीभित्र महत्वाकांक्षा र व्यक्तिवाद चर्को बनाएको तथा अन्य अनुशासनहिन काम गरेको भनिँदै आएका कट्टेललाई यसपटक थप संवेदनशील तथ्यसहित कारबाही गरिन लागेको बुझिएको छ ।

कट्टेललाई नेकपा नै ओलीलाई लगेर बुझाउन लागेको समेत आरोप लाग्दै आएको थियो ।

स्रोतले बताएअनुसार १५ सदस्यीय सचिवालयमा ८ सदस्यहरु उनको विरुद्वमा खुलेरै लागेका छन् । उनीहरुले कारबाहीको लागि हस्ताक्षर नै गरेको बुझिएको छ । बाँकी ७ मध्ये केही पार्टीबाटै निष्कासन गर्न नहुने धारणा राखेका छन् ।

बहुमत सदस्यले छाडे कट्टेललाई

नेकपाको १५ सदस्यीय सचिवालयमा कट्टेल कमजोर परेका छन् । बहुमत समूह उनलाई कारबाही गर्ने तयारीमा जुटेको छ ।

स्रोतले बताएअनुसार १५ सदस्यीय सचिवालयमा ८ सदस्यहरु उनको विरुद्वमा खुलेरै लागेका छन् । उनीहरुले कारबाहीको लागि हस्ताक्षर नै गरेको बुझिएको छ । बाँकी ७ मध्ये केही पार्टीबाटै निष्कासन गर्न नहुने धारणा राखेका छन् ।

वि.सं.२०७८ पुस २९ बिहीवार ११:५६ मा प्रकाशित

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३२ औं वर्ष प्रवेश गरेको...

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले लागुऔषध कारोबार,...

अर्थमन्त्री डा वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस

अर्थमन्त्री डा वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक...

वर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

वर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ ।  प्रतिनिधिसभाका सांसदले यस वर्ष किसानलाई मलको अभाव हुन...