काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्र चर्को लफडा शुरु भएको छ । नेकपा निकट एक नेताका अनुसार केही समयदेििख चुलिँदै आएको विवाद वार कि पारको अवस्थामा पुगेको हो ।
पूर्वमाक्र्सवादी धारसहित अन्य विभिन्न समूहमा आवद्ध कम्युनिष्टहरुलाई एकिकृत गर्दै बनेको नेकपामा ऋषि कट्टेलले नेतृत्व दिँदै आएका छन् । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को एकता पछि बनेको नेकपालाई अदालतका माध्यमबाट आफ्नो पक्षमा ल्याएपछि सो समूह र ऋषि कट्टेलको चर्चा ह्वात्तै चुलिएको थियो ।
तत्कालिन नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग बढी हिमचिम गरेको, पार्टीभित्र महत्वाकांक्षा र व्यक्तिवाद चर्को बनाएको तथा अन्य अनुशासनहिन काम गरेको भनिँदै आएका कट्टेललाई यसपटक थप संवेदनशील तथ्यसहित कारबाही गरिन लागेको बुझिएको छ ।
कट्टेललाई नेकपा नै ओलीलाई लगेर बुझाउन लागेको समेत आरोप लाग्दै आएको थियो ।
स्रोतले बताएअनुसार १५ सदस्यीय सचिवालयमा ८ सदस्यहरु उनको विरुद्वमा खुलेरै लागेका छन् । उनीहरुले कारबाहीको लागि हस्ताक्षर नै गरेको बुझिएको छ । बाँकी ७ मध्ये केही पार्टीबाटै निष्कासन गर्न नहुने धारणा राखेका छन् ।
बहुमत सदस्यले छाडे कट्टेललाई
नेकपाको १५ सदस्यीय सचिवालयमा कट्टेल कमजोर परेका छन् । बहुमत समूह उनलाई कारबाही गर्ने तयारीमा जुटेको छ ।