
साउदी । नेपाली दूतावास साउदीले काम गरेको ठाउँ छोडेर नजान तथा ठगहरुबाट बच्न साउदीमा कार्यरत नेपालीमा अनुरोध गरेको छ ।
दूतावासले बिहीवार एक सूचना जारी गर्दै साउदी अबरमा लामो समयदेखि बस्दै आएका केही नेपालीहरुले छद्यम नाम/परीचयबाट फेरिरहने टेलिफोनबाट नेपाली कामदारलाई सिधा सम्पर्क गरी ठगी गरेको गुनासोहरु आएको भन्दै दूतावासले यस्तो अनुरोध गरेको हो ।
दूतावासले खासगरी भर्खरै इकामा बनाएका श्रमिकहरुलाई उनीहरुले खाइपाइ आएको तलब/भत्ताभन्दा बढी दिने बहानामा भइरहेको रोजगारी पनि छोडन् प्रेरित गर्ने र गैरकानुनी हिसाबले काममा लगाउने गरेको बुझिएको दूतावासले जनाएको छ ।
‘कम्पनी छाडेर भाग्नु गैरकानुनी र अनैतिक हो भने त्यस्ता कामदार भगाउनु अपराध हो’ दूतावासद्धारा बिहीवार जारी सूचनामा भनिएको छ, ‘पछिल्लो समयमा यसप्रकार इकामा भएका कामदारलाई भगाउने र भाग्ने क्रम बढेकाले यसप्रकारको निन्दनीय काम नर्गन÷नगराउन हुन सम्बन्धीत सबैमा अनुरोध गरिन्छ ।’
यस्तो कार्यले साउदी अबरमा रहेका रोजगारदाताले नेपालीहरुलाई हेर्ने दृष्टिकोणमा शंका र अविश्वासहरु बढ्दै गएको भन्दै एउटा कम्पनीको इकामा लिएर भाग्ने प्रवृत्तिलाई निरुत्साहित गर्नका लागि कामदारलाई सचेत गराइदिन साउदी अधिकारीहरुले समेत दूतावासलाई अनुरोध गरेको दूतावासले जनाएको छ ।