back
CTIZAN AD

काम गरेको ठाउँ नछोड्न र ठगहरुबाट बच्न भन्दै नेपाली दूतावास साउदीले गर्यो यस्तो अनुरोध

वि.सं.२०७८ पुस ३० शुक्रवार

729 

shares

साउदी । नेपाली दूतावास साउदीले काम गरेको ठाउँ छोडेर नजान तथा ठगहरुबाट बच्न साउदीमा कार्यरत नेपालीमा अनुरोध गरेको छ ।

दूतावासले बिहीवार एक सूचना जारी गर्दै साउदी अबरमा लामो समयदेखि बस्दै आएका केही नेपालीहरुले छद्यम नाम/परीचयबाट फेरिरहने टेलिफोनबाट नेपाली कामदारलाई सिधा सम्पर्क गरी ठगी गरेको गुनासोहरु आएको भन्दै दूतावासले यस्तो अनुरोध गरेको हो ।

दूतावासले खासगरी भर्खरै इकामा बनाएका श्रमिकहरुलाई उनीहरुले खाइपाइ आएको तलब/भत्ताभन्दा बढी दिने बहानामा भइरहेको रोजगारी पनि छोडन् प्रेरित गर्ने र गैरकानुनी हिसाबले काममा लगाउने गरेको बुझिएको दूतावासले जनाएको छ ।

‘कम्पनी छाडेर भाग्नु गैरकानुनी र अनैतिक हो भने त्यस्ता कामदार भगाउनु अपराध हो’ दूतावासद्धारा बिहीवार जारी सूचनामा भनिएको छ, ‘पछिल्लो समयमा यसप्रकार इकामा भएका कामदारलाई भगाउने र भाग्ने क्रम बढेकाले यसप्रकारको निन्दनीय काम नर्गन÷नगराउन हुन सम्बन्धीत सबैमा अनुरोध गरिन्छ ।’

यस्तो कार्यले साउदी अबरमा रहेका रोजगारदाताले नेपालीहरुलाई हेर्ने दृष्टिकोणमा शंका र अविश्वासहरु बढ्दै गएको भन्दै एउटा कम्पनीको इकामा लिएर भाग्ने प्रवृत्तिलाई निरुत्साहित गर्नका लागि कामदारलाई सचेत गराइदिन साउदी अधिकारीहरुले समेत दूतावासलाई अनुरोध गरेको दूतावासले जनाएको छ ।

No photo description available.

No photo description available.

वि.सं.२०७८ पुस ३० शुक्रवार १०:११ मा प्रकाशित

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३२ औं वर्ष प्रवेश गरेको...

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले लागुऔषध कारोबार,...

अर्थमन्त्री डा वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस

अर्थमन्त्री डा वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक...

वर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

वर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ ।  प्रतिनिधिसभाका सांसदले यस वर्ष किसानलाई मलको अभाव हुन...