back
CTIZAN AD

यस्तो रहेछ नेकपाका संयोजक ऋषि कट्टेललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्नुको कारण

वि.सं.२०७८ पुस ३० शुक्रवार

654 

shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक ऋषि कट्टेललाई पार्टीको केन्द्रीय सचिवालयको बैठकले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।

पार्टीको केन्द्रीय सचिवालयको बिहीवार बसेको आकस्मिक बैठकले संयोजक कट्टेललाई पार्टीको संयोजक पद लगायत साधारण सदस्य समेत नरहने गरी पार्टीको सम्पूर्ण जिम्मेवारीबाट तत्काल निष्काशित गर्ने निर्णय गरेको हो ।

यहि पुष १७–१९ मा सम्पन्न एकताको राष्ट्रिय सम्मेलनका सम्पूर्ण प्रतिनिधिहरुको मर्म, भावना, तथा पार्टी एकतालाई अझ सुदृढ पार्न नेतृत्व चयनका लागि सम्मेलनले दिएको प्रष्ट जनादेश विपरीत पार्टी विधानमा समेत मनपरी किसिमले संशोधन र तोडमोड गरेको लगायतका विभिन्न आरोप संयोजक कट्टेलमाथि लगाउँदै पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको बताइएको छ ।

‘सम्मेलनले पूर्णता नपाउँदै पार्टीको एकतालाई निर्मम किसीमले खण्डित गर्न उद्यत पार्टीका संयोजक रहेका क. ऋषि कट्टेल र उनको फुटवादी गुटले अनाधिकृतरुपमा पार्टी केन्द्रीय कार्यालय र अध्यक्षको नामबाट पार्टी विधान, पार्टी पद्धति र परम्परा विपरीत गम्भीर पार्टी विरोधी गतिबिधि गरेको र पूर्वाग्रहपूर्ण ढंगले गुटबन्दी गर्दै पार्टीका सचिवालय सदस्य क( शरण विक्रम मल्ल र महेन्द्र जोशीलाई आधारहीन र कपोकल्पित आरोप लगाइ एकाएक निष्काशन गर्ने आफ्ना गुटका मानिसहरुलाई ती पदहरुमा भर्ने र पार्टीलाई अन्तध्वंश गर्ने हिसाबले तथाकथित तीन सदस्यीय जाचबुँझ आयोग समेत गठन गरेको,’ पार्टीको विहीवार बसेको बैठकको निर्णयमा भनिएको छ, ‘अत्यन्तै अराजक आपत्तिजनक र अवैद्यानिक किसीमले स्वेच्छाचारी कदम चालेको र त्यस्ता पार्टी विरोधी गतिबिधि रोक्न र सच्याउन पटक पटक आग्रह गर्दा समेत त्यसलाई बेवास्ता गर्दै पार्टीलाई बिखण्डित गर्ने एकपछि अर्को गतिबिधि बढाउँदै लगेकोमा नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय सचिवालयको यो आकस्मिक बैठकल पार्टी एकताबद्ध राख्न र पार्टीको मूल्य मान्यता, पद्धति र क्रान्तिकारी परम्परा जोगाउन निज संयोजक ऋषिराम कट्टेललाई संयोजक पद लगायत साधारण सदस्य समेत नरहने गरी पार्टीको सम्पूर्ण जिम्मेवारीबाट तत्काल निष्काशन गर्ने निर्णय गर्दछ ।’

यस्तो छ अन्य निर्णय

No description available.

No description available.

नेकपाभित्र अर्को लफडा, ऋषि कट्टेललाई नै कारबाही !

वि.सं.२०७८ पुस ३० शुक्रवार ०९:४२ मा प्रकाशित

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३२ औं वर्ष प्रवेश गरेको...

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले लागुऔषध कारोबार,...

अर्थमन्त्री डा वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस

अर्थमन्त्री डा वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक...

वर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

वर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ ।  प्रतिनिधिसभाका सांसदले यस वर्ष किसानलाई मलको अभाव हुन...