back
CTIZAN AD

आज ४,६३६ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

वि.सं.२०७८ माघ १ शनिवार

636 

shares

काठमाडौं । नेपालमा आज ४,६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज एन्टिजेन र पिसीआर विधिबाट गरिएको १४ हजार ५५६ नमु्ना परीक्षणमा ४,६३६ जनामा संक्रमण पुष्टि भएको हो ।

आज उपत्यकाको काठमाडौंमा १५९१, भक्तपुरमा १४२ र ललितपुरमा ४८५ जनासँगै १८१८ जनामा संक्रमण पुष्टि भएको हो । शुक्रवारको तुलनामा उपत्यकामा संक्रमित हुनेको संख्या आज केही घटेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका ४,६३७ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख ४८ हजार ९८५ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ३५० जनामा कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ३५० जनासँगै नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या ८ लाख १६ हजार ३ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका ४ जनासँगै नेपालमा हालसम्म ११ हजार ६१७ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

मन्त्रालयको विवरण अनुसार हाल २१ हजार ५८४ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा २० हजार ५३६ जना र १०४८ जना संस्थागत आइसोलेशनमा रहेका छन् । ती मध्ये ११९ जना आइसीयु र २६ जना भेन्टिलेटरमा उपचाररत छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा ४ लाख ३५ हजार १९३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

नेपालमा हालसम्म २ करोड ७९ लाख ११ हजार १८८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् । ती मध्ये १ करोड ५८ लाख १४ हजार ३८३ जनाले पहिलो मात्रा र १ करोड २० लाख ९६ हजार ८०५ जनाले दोस्रो मात्राको खोप लगाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ५०८७ जना संक्रमित, उपत्यकामा मात्रै २६०७ थपिए

वि.सं.२०७८ माघ १ शनिवार १६:५३ मा प्रकाशित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

किमाथाङ्का (सङ्खुवासभा) । मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु...

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

कास्की । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ...

नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम

नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम

काठमाडौँ । नेतृत्व पाएसँगै नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले...

भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा

भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा

महेन्द्रनगर । यहाँका स्थानीय तहले अव्यवस्थित बसोबासी र भूमिहीन नागरिकको...