काठमाडौं । आज बिहान मानविय सहायता समाग्री बोकेर कावुल उडेको नेपाली टोलीले अफगानिस्तानलाई १० टन सहायता सामाग्री हस्तान्तरण गरेको छ ।
परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्सालको टोलीले संयुक्त राष्ट्रसंघका अफगानिस्तानको कावुलमा रहेको कार्यालयका नायव स्थायी प्रतिनिधि रमिश अलकबरोबलाई उक्त सहायता सामग्री हस्तान्तरण गरेको हो ।
हस्तान्तरण कार्यक्रममा सहसचिव लम्सालले समस्यामा परेका अफगानी जनताका लागि मानवीय सहयोग गरिएको बताएकी थिइन् भने राष्ट्रसंघका नायव स्थायी प्रतिनिधिले नेपालले अफगानी जनतालाई दिएको मानवीय सहयोगका लागि धन्यवाद दिएका थिए ।
हिमालयन एयरलाईन्सको निःशुल्क सेवा तथा नेपाली व्यवसायीद्धारा उपलब्ध उक्त सामग्री हस्तान्तरण गरेर टोली आजै नेपाल फर्किनेछ ।
वि.सं.२०७८ माघ २ आइतवार १५:१३ मा प्रकाशित






























