२० मंसिर, काठमाडौँ । साताको पहिलो दिन आइतबार सेयर बजार (नेप्से) ६९ अकंले बढेर समग्र परिसूचक २९२६ दशमलव ७४ बिन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि ११ दशमलब ८१ अकंले बढेर ५४२ दशमलब ६३ बिन्दुमा पुगेको छ ।
आज कुल सूचिकृतमध्ये २२९ कम्पनीका ९ अर्ब ६७ करोड ६३ लाख १७ हजार ५९ रुपैंयाँ बराबरका १ करोड ८२ लाख ५४ हजार ४२५ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा १ लाख १ हजार ५ सय ८९ पटक लेनदेन भएको छ ।
कारोबार रकमको आधारमा अरुण भ्याली हाईड्रोपावर, अपी पावर, अपर तामाकोशी, सिवम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा अरुण भ्याली हाईड्रोपावर, एचआईडिसिएल, नेपाल इन्फ्रस्ट्रक्चर बैंक, अपी पावर, सिभिल बैंक, अपर तामाकोशी लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।
आज २ कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । आज स्ट्याण्डर्ड चार्टर्ड बैक र मध्य भोटेकाशी जलविद्यृत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
वि.सं.२०७८ माघ २ आइतवार १५:२७ मा प्रकाशित


























