back
CTIZAN AD

भारत-पाकिस्तान विभाजनका बेला छुटेका दाजुभाइ ७५ वर्षपछि भेटिएपछि…

वि.सं.२०७८ माघ ३ सोमवार

735 

shares

काठमाडाैं । ‘मेरो भिसा देउ भनेर इमरान खानलाई भन न । भारतमा मेरो कोही पनि छैन ।’

‘तिमी पाकिस्तान आउ, म तिम्रो विवाह गरिदिन्छु ।’

यो ती दुई दाजुभाइको कुराकानीको एउटा हिस्सा हो जसको स्वतन्त्रतापछि पहिलो पटक भेट भइरहेको छ ।

मोहम्मद सिद्दीक र मोहम्मद हबिबको यो पुनर्मिलन ती लाखौँ मानिसहरुको वर्षौंदेखि एउटा चाहना हो जसका लागि स्वतन्त्रतासहित भएको विभाजन एउटा कहानी मात्रै होइन ।

यी दुई दाजुभाइ विभाजनका बेला छुट्टिएका थिए, जब उनको परिवार हतारमा जालन्धरबाट पाकिस्तानका लागि गए । उनीहरुको पिताको मृत्यु भयो । सिद्दीकी आफ्नी बहिनीसँग पाकिस्तान पुगे । हबिब आफ्नी आमासँगै बसे । आमाको पछि मृत्यु भयो ।

उनलाई अहिले पुराना कुरा खासै याद छैनन् । तर करिब ७५ वर्षपछि करतापुर करिडोरमार्फत् दुई भाइको मिलन भयो । यो ती अनगिन्ती कहानीमध्ये एकउ हो जसको सुरुवात विभाजनबाट भएको थियो ।

‘म इमरान खानलाई आग्रह गर्छु कि उनले बिछोड भएका भाइ मोहम्मद हबिबलाई पाकिस्तानको भिसा दिउन् । यदि हामी जीवनको अन्तिम समय सँगै बिताउन सक्यौँ भने सायद आफ्ना माता–पिता र भाइ बहिनीसँग बिछोडिनुपरेको पीडा कम हुन सकोस् ।’

यो अनुरोध मोहम्मद सिद्दीकीले गरेका हुन् । उनी पाकिस्तानको पञ्जाबको फैसलाबाद जिल्लाको चक २५५ मा बस्छन् ।

त्यो छोटो भेट !

करतापुरमा दुई भाइको भेटका साक्षी नासिर ढिल्लोले यी दुईको भेट असाध्यै भावुक पारिदिने खालको बताए । यी दुईलाई करिब सय जनाले हेरिरहेका थिए ।

सबैको आँखामा खुसीको आँसु थियो । केही घण्टाको भेटपछि जब दुई भाइ एक पटक पुनः छुट्टिन गइरहेका थिए तब यसले पनि फेरि सबैका आँखा रसिला भएका थिए ।

दुुवै भाइका बीच थुप्रै वर्षपछि पहिलो सम्पर्क २ वर्ष पहिले भएको थियो । दुुई वर्षपछि यी दुई दाजुभाइ दैनिक भिडियो कलमार्फत् एक अर्कालाई भेट्थे । मोहम्मद सिद्दिक मोबाइल फोनको प्रयोग गर्न जान्दैनन् । तर उनका छोराछोरी र गाउँलेले यसमा सहयोग गर्दथे ।

यसैगरी मोहम्मद हबीब पनि मोबाइल फोनको प्रयोग गर्न जान्दैनन् । तर उनका सिख साथीहरुले उनलाई सहयोग गर्दथे । मोहम्मद हबीब एक सिख परिवारसँगै बस्दै आएका छन् ।

जब हामी मोहम्मद सिद्दिकसँग भेट्न उनको गाउँ गयौँ उनी त्यतिबेला आफ्ना भाइ मोहम्मद हबीबसँग जूूममा कुराकानी गरिरहेका थिए । मोहम्मद सिद्दिकले आफ्ना भाई मोहम्मद हबीबलाई भनिरहेका थिए, ‘तपाईंका नाती, र छर–छिमेकीले तपाईंलाई सम्झिरहन्छन् । तपाईंले विवाह गर्नुु भएन , पाकिस्तान आउनुस् म तपाईंको विवाह गराइदिन्छु ।’

मोहम्मद हबीबले आफ्ना भाई मोहम्मद सिद्दिकसँग भन्दै थिए, ‘इमरान खानसँग भन्नुस् कि मलाई भिसा दिनुस् । भारतमा मेरा कोही पनि छैनन् । यो उमेरमा म एक्लो भइसकेको छु । यत्तिको एक्लोपनामा अब जिन्दगी गुजार्न सकिन्नँ ।’

कसरी छुट्टिए दुुई भाइ ?

मोहम्मद सिद्दिकलाई आफ्नो परिवारसँग अलग भएको घटना राम्रो तरिकाले सम्झना छ । त्यतिबेला उनी करिब १०–१२ वर्ष थिए । जबकी मोहम्मद हबीब आफ्नो माता, पिता, भाइ–बहिनी र नाम तथा जुन इलाकामा उनीहरु छुट्टिए त्यहाँका मानिसले सुनाएको कुराबाहेक अरु केही याद छैन । त्यतिबेला उनी डेढ, दुई वर्षका मात्रै थिए ।

मोहम्मद सिद्दिकका अनुसार उनको गाउँ जागरावा जालन्धरमा थियो । उनी भन्छन्, ‘मेरा पिता एक जमिनदार थिए । मलाई सम्झना छ कि हाम्रो खेतमा धेरै खरबुजा लगाउने गरिएको थियो । मलाई मेरी आमाको बारेमा पनि सम्झना छ ।’

उनलाई सम्झना छ कि उनको सानो भाइ मोहम्मद हबीबलाई लिएर आमा फूूलवालामा आफ्नो भाइको घरमा गएकी थिइन् । यो भारतको बठिंडा जिल्लामा छ ।

उनी भन्छन्, ‘उनी माइती गएपछि हाम्रो गाउँमा हमला भएको थियो । मानिस भागदौड गरेर आफ्नो इलाका छोडिरहेका थिए । सबैले पाकिस्तानी धारणा देखाउँदै थिए । सबैजना आफ्नो ज्यान जोगाउने कोसिसमा मात्रै थिए ।’

‘मलाई सम्झना छ कि म आफ्नो पिता र बहिनीसँग थिएँ । मलाई थाहा छैन कि मेरा पिताको मृत्यु कसरी भयो । हामी भाइ बहिनी कुनै तरिकाले पैmसलाबादको शरणार्थी शिविरमा पुगेका थियौँ ।’

मोहम्मद सिद्दिक भन्छन्, ‘फैसलाबादको शरणार्थी शिविरमा मेरी बहिनी बिरामी भएकी थिइन् र उनको मृत्युु भयो । मलाई थाहा छैन कि कुन तरिकाबाट मेरा आफन्तहरु मलाई खोज्दै फैसलाबादको शरणार्थी क्याम्पमा पुुगे ।’

मोहम्मद हबीब भन्छन्, ‘यो गाउँ र क्षेत्रमा मेरा कोही पनि छैनन् । इलाकाका मानिसहरुले मलाई बताए अनुसार जब दंगा सुरु भयो तब मेरी आमा आफ्नो माइतीमै फसेकी थिइन् । यसैबीच विभाजन पुरा भयो । जब पाकिस्तान र भारतको गठन भयो, पिता र बहिनी सबै मारिएको खबर हामीले पायौँ । भाइको बारेमा केही थाहा थिएन ।’

मेरी आमाले पनि यो घटना सहन सकिनन् । मानसिक रोगी भइन् र उनको मृत्युु भयो । उनको माइतीका मानिस पनि पाकिस्तान गए ।

उनले बताए, ‘मैले बाल्यकालदेखि हालसम्म केवल आफ्नो सरदार साथी मात्रै देखेको छु । म उनीहरु सँगै बस्छु र उनीहरुकै साथमा हुर्किएको हुँ ।’

विभाजनपछि आउने केही सेनाहरुले केही जानकारी दिने गरेको उनले बताए । उनीहरुमार्फत् नै आमाको पनि देहान्त भएको खबर मैले पाएँ । तर कुनै बलियो सम्पर्क यसकारण स्थापित हुन सकेन किनभने मेरी आमाको माइती पक्ष पनि पाकिस्तान विस्थापित भएका थिए । ’

उनलाई मोहम्मद हबीब बारे खासै धेरै जानकारी थिएन ।

मोहम्मद सिद्दिक भन्छन्, ‘हाम्रो समयमा त परिचय पत्र पनि बन्दैनथ्यो । तर म पाकिस्तानको उमेर भन्दा १० वा १२ वर्ष जेठो छु । जीवनको कयौ महिना र वर्ष आफ्नो भाईको सम्झना गर्दै बिताएको थिए ।

आमाको मृत्युको पुष्टि भएको खबर आयो । बहिनी र पिताको शव देखियो । तर जीवनभरी एउटै विश्वास थियो कि मेरो भाइ त जिउँदो छ । ’

विगतलाई स्मरण गर्दै उनी भन्छन्, ‘पाकिस्तानमा मेरा एकजना अभिभावक थिए । हामी फैसलाबादको फरक फरक क्षेत्रमा बस्छौँ । फेरि हाम्रो चक २५५ मा जमीन बाँडफाँट भयो । यसपछि मात्रै हामी यो गाउँमा आएका हौँ ।’

मोहम्मद हबिब आफ्नो बाल्यकाल र अतितबारे कुरा गर्न खासै तयार भएनन् । उनी भन्छन्, ‘आमाबुवा बिनाको बच्चामाथि के भयो होला, के हुन्छ होला ? मैले आफ्नो जीवन त्यो गाउँमा बिताएँ जहाँ मेरी आमाले मलाई छोडेर मृत्युवरण गरिन् ।’

‘मेरो विवाह पनि मामाका छोराछोरीसँग भयो । पुरा जीवन खेती र जमिन्दारी गर्दा गर्दै बित्यो ।

कसरी भयो सम्पर्क ?

मोहम्मद सिद्दिकका अनुसार भाइको सम्झनाले उनलाई धेरै सताइरहेको थियो ।

उनी भन्छन्, ‘मेरो मनले सधैँ भन्थ्यो कि मेरो भाइ जीवित नै छ । उनलाई हेर्न असाध्यै इच्छा थियो । म समकालीन र जोगीको घरमा पनि गए । सबैले कोसिस गरे भाइ भेटिन्छ भन्ने ठूलो आशा थियो ।’

उनी भन्छन्, ‘पुरै गाउँलाई मेरो कहानी बारे थाहा छ । मैले आफ्नो कहानी नम्बरदार र अब नम्बरदारको छोरा मोहम्मद इशराकलाई पनि सुनाएको थिएँ । मोहम्मद इशराक आजभन्दा करिब २ वर्ष अघि नासिर ढिल्लोसँग म भएको ठाउँमा आएका थिए । उसले मसँग सबै कुरा सुनेर क्यामरामा रिकर्ड गरे र मेरो फिल्म पनि बनाएका थिए ।

‘फिल्म चलेको केही दिनपछि उनी र मोहम्मद इशराक दोस्रो पटक आए । पुनः उनले भने,‘ मेरो भाइ भेट्टियो । उनले मेरो भाइसँग कुरा पनि गराएका थिए ।’

नासिर ढिल्लो भन्छन्, ‘चक २५५ को नम्बरदार मोहम्मद इशराक मेरा साथी थिए । मेरा साथी लवली सिंह र उपमहाद्वीपको विभाजनको अवधिमा छुट्टिएका मानिस भेटाउन युट्यूबमा पंजाबी लहर एक च्यानल बनाइएको छ । हामी उनीहरुको कहानी सुन्छौँ जसको आफ्नो आफन्तसँग छुट्टिएका छन् । हामी उनीहरुलाइ भेटाउने कोसिस पनि गरिरहेका छौँ ।’

उनले भने, ‘जब मोहम्मद सिद्दिकको कहानी यूट्यूूबको माध्यमबाट सुनाइयो तब भिडियो फूलवालाका डां. जगफीर सिंहले हेरे । उनले हामीलाई सोशल मिडियामा सम्पर्क गरे । फेरि हामीले उनीसँग फोनमा कुरा गर्‍यौ । डाक्टर जगफीर सिंहले हामीलाई त्यो नाम बताए जो मोहम्मद सिद्दिकले हामीलाई बताएका थिए ।

डाक्टर जगफीर सिंह भन्छन्, ‘मोहम्मद हबीब या हबीब खानलाई हामी सबै शिकाको नामबाट चिन्दछौँ ।’ उनको सक्कली नाम शायद पुरै क्षेत्रमा अत्यन्त कम मानिसलाई थाहा छ । उनीहरु मध्य म पनि एक हुँ । मैले आफुभन्दा ठूलाबाट शिकाको कहानी सुनेको थिएँ, यता शिका आफैँले पनि मलाई धेरैपटक आफ्नो कहानी सुनाइसकेका थिए ।’

शिकाको इच्छा कुनै पनि तरिकाबाट आफ्नो भाइसँग भेट्ने थियो । ‘तर न कुनै तस्बिर, न कुनै ठेगाना यो कसरी सम्भव हुन्छ । यो असम्भव अवस्थालाई पनि २ वर्ष अगाडिको पंजाबी लहर नामक युट्यूूब च्यानलले सम्भव गराइदियो ।’ बीबीसीबाट

वि.सं.२०७८ माघ ३ सोमवार १३:०१ मा प्रकाशित

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...