काठमाडौं । प्रदेश २ को स्थायी राजधानी तोक्न मतदान प्रक्रिया सुरु भएको छ। सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष संसदीय समितिले राजधानीका लागि गरेको पहिलो प्रस्तावमा गोप्य मतदान सुरु भएको हो।
समितिले संसदमा विभिन्न दुई वटा विकल्प अगाडि सारेको छ । स्थायी राजधानी जकपुर कि वीरगञ्ज भन्ने प्रस्तावमाथि मतदान हुनेछ । विशेषतः बारा र पर्साका सांसदहरुले वीरगञ्ज स्थायी राजधानी हुनुपर्ने प्रस्ताव गरेका छन् ।
तर, सबैजसो दलका अधिकांश सांसद जनकपुरको पक्षमा देखिएका छन् । तथापी प्रस्ताव पास हुन दुई तिहाइ मत चाहिन्छ ।
वि.सं.२०७८ माघ ३ सोमवार १४:५८ मा प्रकाशित


























