back
CTIZAN AD

उत्पादनमा वृद्धि गराउने उद्देश्यले किसानलाई कृषि सामग्री अनुदान

वि.सं.२०७८ माघ ३ सोमवार

693 

shares

तनहुँ । कृषि ज्ञान केन्द्र तनहुँले एक सय आठ लाभग्राही किसान छनोट गरेकोमा ६४ जनाले सामान खरिद गरी कार्यालयसँग सम्झौता गरेका छन् ।

कार्यालयले किसानको उत्पादन लागतमा कमी गराइ उत्पादनमा वृद्धि गराउने उद्देश्यले ५० प्रतिशत अनुदानमा कृषि सामग्री उपलब्ध गराएको हो । हाते ट्र्याक्टर ६२, कुटानीपिसानी २८, ग्रास कटर चार, पावर ट्रिलर तीन, मकै छोडाउने मेसिन दुई, खाडल खन्ने यन्त्र दुईलगायतका सामग्री किसानलाई अनुदानमा प्रदान गरिएको हो ।

सुरुमा किसानसँग निवेदन माग गरी कार्यालयबाट स्थलगत अनुगमन गरेपश्चात् अनुदान मूल्याङकन तथा सिफारिस समितिको संयोजकत्वको बैठकबाठ सदर भएपछि किसानलाई सामग्री खरिद गर्न अनुमति प्रदान गरिनेछ ।

सुरुमा किसानले आफ्नो पूरै लगानीमा सामान खरिद गरेर ल्याएपछि कार्यालयले ५० प्रतिशत रकम किसानको खातामा पठाइदिने व्यवस्था रहेको छ । बाँकी रहेका अन्य किसानले पनि सामान खरिद प्रक्रियामा रही सम्झौता गर्न आउने तयारीमा रहेको कृषि प्रसार अधिकृत राजेश्वर सिलवालले जानकारी दिए ।

कृषियन्त्र तथा उपकरण कार्यक्रमको लागि रु ५६ लाख बजेट विनियोजन भएकोमा पहिलो चरणाको लागि रु ३८ लाख खर्च भई रु १८ लाख बचत भएकाले पुन ः दोस्रो चरणको १५ दिने सूचना प्रकाशित गरिएको उहाँले बताउनुभयो । दोस्रो चरणको कार्यक्रममा जोत्ने मेसिनलाई प्राथामिकतामा राखिएको छ । उहाँले भन्नुभयो,“उक्त बजेटले धानेसम्म किसानलाई आवश्यक पर्ने सामग्री उपलब्ध गराइनेछ ।”

किसानलाई अनुदानमा कृषियन्त्र तथा उपकरण कार्यक्रम अन्तर्गत कृषि सामग्री प्रदान गर्न थालेपछि व्यावसायिक तरकारी तथा फलफूलखेती तर्फ मानिसको आकर्षण बढ्न थालेको छ । जोत्ने मेसिन दिएपछि बाँझो जग्गा प्रयोगमा ल्याउने र उत्पादनमा वृद्धि गरी आत्मनिर्भर बन्न सहज हुन्छ भन्ने उद्देश्यले मेसिन प्रदान गरिएको कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले जानकारी दिए । जमिन जोत्न प्रयोग गरिने गोरु विस्थापित हुँदै गएको र पाइहाले पनि महँगो शुल्क अनि थोरै जग्गा जोत्ने हुँदा पछिल्लो समय हाते ट्र्याक्टर प्रभावकारी बन्दै गएको उनले बताए ।

 

वि.सं.२०७८ माघ ३ सोमवार १४:५७ मा प्रकाशित

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३२ औं वर्ष प्रवेश गरेको...

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले लागुऔषध कारोबार,...

अर्थमन्त्री डा वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस

अर्थमन्त्री डा वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक...

वर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

वर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ ।  प्रतिनिधिसभाका सांसदले यस वर्ष किसानलाई मलको अभाव हुन...