back

पशुपति धर्मशालाबाट पनि बाहिरिने भयो बतास, सम्झौता रद्द गर्न छानबिन समितिले गर्‍यो सिफारिस

वि.सं.२०७८ माघ ३ सोमवार

129 

shares
NTC AD
Global IME AD

काठमाडौं । पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता रद्द गर्न छानबिन समितिले सिफारिस गरेको छ । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पर्यटन सचिव महेश्वर न्यौपानेले बतास समूहसँग भएको सम्झौता गैरकानूनी र मिलेमतोमा भएको ठहरसहित रद्द गर्न सिफारिस गरेको बताए ।

छानबनि समितिले बतास समूहसँग गरिएको सम्झौता नियम र प्रचलित कानून बमोजिम नभएको ठहर गरेको छ । ठेक्का सम्झौतामा सहभागि कोषका कर्मचारी र पदाधिकारीलाई समेत कारबाही गर्न समितिले सिफारिस गरेको छ ।

धर्मशाला निर्माण गर्दा सम्झौता भएबमोजिम बेडको संख्या र दररेट फरक बनाइएको, कोषलाई बुझाउनुपर्ने करिब एक वर्षको भाडा नबुझाएको, धर्मशालामा स्वीकृति बेगर भौतिक संरचनाहरु बनाउँदै विभिन्न अफिसहरु खडा गरेको निष्कर्ष छानबिन समितिको छ ।

समितिले सम्झौता रद्द गर्नुको विकल्प नभएको प्रष्ट पारेको छ । छानबिन समितिको यो निष्कर्षसँगै पशुपतिबाट पनि बतास समूह बाहिरिने स्पष्ट भएको छ ।

यसअघि नारायणहिटी दरबार संग्राहलयमा सम्झौता विपरितका कामहरु गरेको पाइएपछि पर्यटन मन्त्रालयले सम्झौता खारेज गर्दै ठाउँबाट समेत बतास समूहलाई हटाउने निर्णय गरेको थियो ।

वि.सं.२०७८ माघ ३ सोमवार १६:४६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

मनहरी (मकवानपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र गत...

भारतमा ट्याक्सी दुर्घटना हुँदा दशको मृत्यु

भारतमा ट्याक्सी दुर्घटना हुँदा दशको मृत्यु

रमबन (भारत) । भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म...

बचतकर्ताद्वारा सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग

बचतकर्ताद्वारा सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग

चितवन । चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि यहाँका बचतकर्ताले...

पेस्तोलसहित ताप्लेजुङका प्रशान्त पक्राउ

पेस्तोलसहित ताप्लेजुङका प्रशान्त पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको...

सेनाको जागिर छाडेर ‘अर्ग्यानिक’ व्यवसायबाट राम्रो आम्दानी गर्दै तिला गाउँका नेपाली

सेनाको जागिर छाडेर ‘अर्ग्यानिक’ व्यवसायबाट राम्रो आम्दानी गर्दै तिला गाउँका नेपाली

कर्णाली । गरिबी, भोक र अशिक्षाले दबिएको परिवारमा जन्मेका तिला...