back
CTIZAN AD

पशुपति धर्मशालाबाट पनि बाहिरिने भयो बतास, सम्झौता रद्द गर्न छानबिन समितिले गर्‍यो सिफारिस

वि.सं.२०७८ माघ ३ सोमवार

708 

shares

काठमाडौं । पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता रद्द गर्न छानबिन समितिले सिफारिस गरेको छ । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पर्यटन सचिव महेश्वर न्यौपानेले बतास समूहसँग भएको सम्झौता गैरकानूनी र मिलेमतोमा भएको ठहरसहित रद्द गर्न सिफारिस गरेको बताए ।

छानबनि समितिले बतास समूहसँग गरिएको सम्झौता नियम र प्रचलित कानून बमोजिम नभएको ठहर गरेको छ । ठेक्का सम्झौतामा सहभागि कोषका कर्मचारी र पदाधिकारीलाई समेत कारबाही गर्न समितिले सिफारिस गरेको छ ।

धर्मशाला निर्माण गर्दा सम्झौता भएबमोजिम बेडको संख्या र दररेट फरक बनाइएको, कोषलाई बुझाउनुपर्ने करिब एक वर्षको भाडा नबुझाएको, धर्मशालामा स्वीकृति बेगर भौतिक संरचनाहरु बनाउँदै विभिन्न अफिसहरु खडा गरेको निष्कर्ष छानबिन समितिको छ ।

समितिले सम्झौता रद्द गर्नुको विकल्प नभएको प्रष्ट पारेको छ । छानबिन समितिको यो निष्कर्षसँगै पशुपतिबाट पनि बतास समूह बाहिरिने स्पष्ट भएको छ ।

यसअघि नारायणहिटी दरबार संग्राहलयमा सम्झौता विपरितका कामहरु गरेको पाइएपछि पर्यटन मन्त्रालयले सम्झौता खारेज गर्दै ठाउँबाट समेत बतास समूहलाई हटाउने निर्णय गरेको थियो ।

वि.सं.२०७८ माघ ३ सोमवार १६:४६ मा प्रकाशित

‘महिला दृष्टि’ मा ब्युतिइन् रोशनी

‘महिला दृष्टि’ मा ब्युतिइन् रोशनी

काठमाडौ । जाजरकोट निवासी स्वर्र्गीय रोशनी शाही ‘महिला दृष्टि’ मार्फत...

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

काठमाडौं । लामो समयदेखि बेल्जियममा रहँदै आएकी एक नेपाली महिलाको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्ने...

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

मुस्ताङ । यहाँका पाँच स्थानीय तहका किसानलाई अनुदान सहुलियतमा खेतबारी...

प्रतिनिधिसभा बैठक पुनः सुरु

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश...

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ अरुण...