back
CTIZAN AD

गायक खनाल ल्याए एकसाथ ७ गीत (भिडियोसहित)

वि.सं.२०७८ माघ ३ सोमवार

681 

shares

काठमाडौंँ । वरिष्ठ लोकगायक रामप्रसाद खनाल एकसाथ ७ गीत ल्याउने तयारीमा छन् । खनालले सार्वजनिक ल्याउने तयारी गरेका ७ गीतमा लोकगीत, लोक दोहोरी, भजन, आधुनिक, लोक आधुनिक, सेन्टिमेन्टल, सामाजिकदेखि गजलसम्म फरक-फरक छन् । ती सबै गीतको रेकर्ड सकिएको छ । जसमध्ये ४ गीतको म्युजिक भिडियो छायाङ्कन समेत भएको र तीन गीतको बाँकी रहेको खनालले बताए ।

खनालले ल्याउन लागेका ७ गीतमध्ये पहिलो ‘हे कृष्ण हे राम’ बोलको भजन गीत रहेको छ । शब्द, संगीत र स्वर उनकै रहेको गीतमा कोरस गायन समेत समेटिएको छ । विनोद बाजुरालीको संगीत संयोजन रहेको गीतको भिडियो समेत निर्माण भएको छ । भिडियोमा गायक खनाल, शिवहरि पौडेल लगायतको अभिनय समेटिएको छ । प्रकाश भट्टसँगको सहकार्यमा उनी आफैंले निर्देशन गरेको भजन अहिले सार्वजनिक गरिएको छ ।

खनालका अन्य गीतहरुमध्ये दोस्रो ‘तिम्री आमा मेरी आमा’ बोलको छ । लोक आधुनिक शैलीको यो गीतले श्रीमान् श्रीमतीलाई घर र माइतमा समान व्यवहार प्रेरित गर्ने खनालको विश्वास छ । खनालको शब्द तथा स्वर रहेको गीतमा संगीत सुरेश अधिकारीले दिएका छन् ।

तेस्रो गीत भने उनको गायिका सुनिता बुढाक्षेत्रीसँगको सहकार्यमा ‘एउटा ढुकुर उडिगयो’ बोलको दोहोरी गीत छ । भिडियो समेत बनेको गीतमा थानेश्वर गौतमले संगीत र कमल सरगमले संगीत संयोजन गरेका छन् । यस्तै खनालले चौथो गीतको रुपमा ‘बग्ने पानीले, मेरो दिल चोरिन् च्यान्टी नानीले’ बोलको लोकगीत बनाएका छन् । उनकै शब्द, संगीत र स्वर रहेको यो गीतको समेत भिडियो छायाङ्कन भएको छ । यो गीतको भिडियोमा अभिनेत्री रजनी केसीको साथमा खनाल आफैंले पनि अभिनय गरेका छन् ।

भिडियो गर्न बाकी रहेको ३ गीत ‘यस्तै छ यहाँको चलन’ शीर्षकको गजल, ‘बाँकी छ हेर’ शीर्षकको ख्याली गीत र ‘फूल फुलेझैं’ बोलको दोहोरी गीत छ । जसमध्ये ‘यस्तै छ यहाँको चलन’ थानेश्वर गौतमको संगीत, बिनोद बाजुरालीको संगीत संयोजन रहेको गजल गीत हो । यसमा पनि शब्द तथा स्वर उनकै छ । ‘फूल फुलेझैं’ दोहोरी गीत भने उनले ल्याउन लागेको अन्तिम गीत हो ।

यो लोकदोहोरी गीत अलि पृथक रहेको उनको भनाई रहेको छ । उनकै शब्द रहेको यो गीत गायनमा उनलाई गायिका शान्तिश्री परियारले स्वरमा साथ दिएकी छन् । कमल सरगमको संगीत रहेको गीतले गाउँघरको पानी पँधेरोदेखि विकसित ठाउँको भोगाइ समेत व्यक्त गरेको छ । म्युजिक भिडियो छायाङ्कन भएको गीतहरू भने २ देखि ४ हप्ताको अन्तरमा सबै सार्वजनिक गर्ने खनालले बताए ।

भिडियो:

वि.सं.२०७८ माघ ३ सोमवार १६:५० मा प्रकाशित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...