back
CTIZAN AD

कर्मचारीमा कोरोना संक्रमण भएपछि जिल्ला प्रशासन काठमाडौंको विभिन्न सेवा स्थगन

वि.सं.२०७८ माघ ५ बुधवार

648 

shares

 काठमाडौं ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंको कार्यालयमा कार्यरत  कर्मचारीमा कोरोना संक्रमण  पुष्टि भएपछि विभिन्न सेवा स्थगन गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी  गोविन्द रिजालसहित  १८ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि  आजदेखि  कार्यालयबाट  सर्वसाधारणले लिँदै आएको विभिन्न सेवाहरु स्थगीत गरिएको सूचना जारी गरिएको छ ।

कार्यालयको नागरिकता, नागरिकता प्रतिलिपि, नाबालक पवरिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानी प्रदान  गर्ने फाँटतर्फका कर्मचारीहरु कोरोना संक्रमण भइ उपचारका क्रममा रहेकाले अर्को सूचना जारी नभएसम्मका लागि यी सेवा स्थगीत गरिएको  सूचनामा  जनाइको छ ।

राहदानी विभागको पनि अत्यावस्यक बाहेकका सेवा बन्द

त्यसैगरी राहदानी विभागले पनि अत्यावस्यक बाहेक विभागबाट प्रदान गरिने  रहदानी सेवा अर्को सूचना जारी नभए सम्मका लागि  समिति गरिएको  बताइएको छ ।

कोभिड १९ सम्बन्धी नेपाल सरकारको पुष ३० गतेको  निर्णय तथा विभागका कर्मचारीहरुमा व्यापकरुपमा कोरोना संक्रमण भएपछि  विभागले अत्यावस्यक बाहेकका सेवा  सिमित गरेको जनाएको हो ।

‘यस पूर्व विभागले दिएको बुकिङ्ग तथा टोकन हाललाई स्थगन गरिएको छ । अवस्था सामान्य भएपछि पहिले पाएको बुकिङ्गको प्राथमिकताको आधारमा सेवा सुचारु गरिने छ । विदेशमा उपचारको लागि जाने तथा अत्यन्त जरुरी परेका अवस्थामा यस इमेलमा (emergency@nepalpassport.gov.np) अनलाइन भरेको फाराम, यथेष्ट प्रमाण र कारण सहित अनुरोध गर्न सकिने छ, सूचनामा भनिएकोछ, ‘सीमित सेवाग्राहीलाई प्राथमिकताको आधारमा स्वीकृत भएका निवेदन बारे विभागले दुई कार्य दिन भित्र इमेलबाटै जानकारी गराउने छ । निवेदन स्वीकृत भएका सेवाग्राहीले इमेल प्रिन्ट गरेर तोकिएको मिति र समयमा विभागमा सम्पर्क गर्न आउन अनुरोध गरिन्छ ।’

जिल्ला प्रशासन कार्यालयहरुबाट लाइभ इनरोलमेन्ट भई आएका आवेदनअनुसार राहदानीको उत्पादन गर्ने र जिल्लामा पठाउने कार्य जारी नै रहने विभागले जनाएको छ ।

‘कोभिड १९ को तेश्रो लहरका कारण गर्नुपरेको सेवाप्रवाहको यो वैकल्पिक प्रवन्धबाट पर्न जाने असुविधाप्रति विभाग क्षमापार्थी छ ।’ विभागद्धारा जारी सूचनामा भनिएको छ ।

12.jpeg

वि.सं.२०७८ माघ ५ बुधवार ०८:५९ मा प्रकाशित

‘महिला दृष्टि’ मा ब्युतिइन् रोशनी

‘महिला दृष्टि’ मा ब्युतिइन् रोशनी

काठमाडौ । जाजरकोट निवासी स्वर्र्गीय रोशनी शाही ‘महिला दृष्टि’ मार्फत...

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

काठमाडौं । लामो समयदेखि बेल्जियममा रहँदै आएकी एक नेपाली महिलाको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्ने...

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

मुस्ताङ । यहाँका पाँच स्थानीय तहका किसानलाई अनुदान सहुलियतमा खेतबारी...

प्रतिनिधिसभा बैठक पुनः सुरु

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश...

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ अरुण...