back
CTIZAN AD

सत्तारुढ गठबन्धन राजनीतिक समन्वय समितिको बैठक बस्दै

वि.सं.२०७८ माघ ७ शुक्रवार

831 

shares

काठमाडौं । सत्तारुढ गठबन्धन दलको राजनीतिक समन्वय समितिको बैठक आज दिउँसो बस्ने भएको छ ।

यसअघि विहीवार तयारी नपुगेको भन्दै स्थगीत गरिएको राजनीतिक समन्वय समितिको बैठक आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

बैठकमा आगामी बैशाखमा गर्नेे भनिएको स्थानीय निकायको निर्वाचन लगायतका विविधि विषयमा छलफल हुने बताइएको छ ।

उक्त बैठकमा नेपाली कांग्रेसका नेता तथा राजनीतिक समन्वय समितिका संयोजक रामचन्द्र पौडेल, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल लगायतका विभिन्न नेताहरुको समेत उपस्थिति रहनेछ ।

बिहीवार तयारी नपुगेको भन्दै बैठक स्थगीत गरिएको थियो । बिहीवारै साझ प्रधानमन्त्री निवासमा बालुवाटारमा प्रधानमन्त्री शेर बहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालको भेटवार्तापछि आज दिउँसो ४ बजेलाई बैठक तय गरिएको पनि प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् ।

वि.सं.२०७८ माघ ७ शुक्रवार ०९:३० मा प्रकाशित

‘महिला दृष्टि’ मा ब्युतिइन् रोशनी

‘महिला दृष्टि’ मा ब्युतिइन् रोशनी

काठमाडौ । जाजरकोट निवासी स्वर्र्गीय रोशनी शाही ‘महिला दृष्टि’ मार्फत...

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

काठमाडौं । लामो समयदेखि बेल्जियममा रहँदै आएकी एक नेपाली महिलाको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्ने...

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

मुस्ताङ । यहाँका पाँच स्थानीय तहका किसानलाई अनुदान सहुलियतमा खेतबारी...

प्रतिनिधिसभा बैठक पुनः सुरु

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश...

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ अरुण...