back
CTIZAN AD

राप्रपाको चार प्रदेशमा भेला सम्पन्न, बाँकी तीन प्रदेशमा स्थगित

वि.सं.२०७८ माघ ९ आइतवार

840 

shares

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले चार प्रदेशमा प्रादेशिक भेला सम्पन्न गरेको छ । पार्टीले हालै प्रदेशस्तरीय भेलाका क्रममा लुम्बिनी, गण्डकी, सुदूरपश्चिम र प्रदेश नं २ हालै मधेस प्रदेश नामकरण मा राजनीतिक गतिविधि सञ्चालन गरको वरिष्ठ नेता राजाराम श्रेष्ठले जानकारी दिए ।

पछिल्लो समय बढदै गरेको कोराना सङ्क्रमणका कारण बाँकी तीन प्रदेशमा अहिलेलाई भेला तथा भीडभाड हुने राजनीतिक कार्यक्रम स्थगन गरेको पार्टीले स्थानीय तहको समयावधि सकिन लागेको अहिलेका अवस्थामा नयाँ निर्वाचनअगावै प्रदेश, जिल्ला, क्षेत्र, नगर, वडास्तरसम्म सङ्गठन सुदृढीकरणका लागि योजना बनाएको थियो ।

गत मङ्सिरमा सम्पन्न पार्टीको महाधिवेशनबाट राजेन्द्र लिङ्देनको नेतृत्वमा निर्वाचित कार्यसमितिले कोराना सङ्क्रमण न्यूनीकरण हुनेबित्तिकै भेला तथा सङ्गठन विस्तारका अभियान सञ्चालन गर्ने जनाएको छ ।

पार्टीले संसदीय समिति, निर्देशन समिति, योजना तथा अनुगमनलगायत समिति तथा ४० भन्दा बढी विभाग गठन गर्न बाँकी छ । पार्टीले विधानबाट हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थाको विषय हटाउन हालै निर्वाचन आयोगले दिएको सुझावमा नेता श्रेष्ठले भने, “कुन राजनीतिक दलले कुन सिद्धान्त अवलम्बन गर्ने भन्ने विषय नितान्त पार्टीको हुनुपर्छ, त्यो विचारलाई चुनावमा जनताले अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्छन् ।”

वि.सं.२०७८ माघ ९ आइतवार १५:३६ मा प्रकाशित

वर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

वर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ ।  प्रतिनिधिसभाका सांसदले यस वर्ष किसानलाई मलको अभाव हुन...

प्रतिनिधिसभाः जनजीवनका समस्याबारे ध्यानाकर्षण

प्रतिनिधिसभाः जनजीवनका समस्याबारे ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठको आकस्मिक समयमा सांसदहरूले जनजीवनका सवाल...

एसियन खेलकुद छनोट : टस जितेर ब्याटिङ गर्दै नेपाल

एसियन खेलकुद छनोट : टस जितेर ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । मलेसियामा जारी एसियाली खेलकुद महिला क्रिकेट छनोटअन्तर्गत चीनविरुद्धको...

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइँदै

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइँदै

मोरङ । कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने भएको...

दूध किसानलाई रु १२ करोड

दूध किसानलाई रु १२ करोड

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले भुक्तानी नपाएका दूध किसानलाई...

‘महिला दृष्टि’ मा ब्युतिइन् रोशनी

‘महिला दृष्टि’ मा ब्युतिइन् रोशनी

काठमाडौ । जाजरकोट निवासी स्वर्र्गीय रोशनी शाही ‘महिला दृष्टि’ मार्फत...