back
CTIZAN AD

कविताः संबिधानमा समाजवाद छ

वि.सं.२०७८ माघ ९ आइतवार

699 

shares

साँईला किन रून्छस्
खान पाईन भनेर
क्रान्ति गर्न हिडिस्
उहिले पढ्न पाईनस्
थाहा नभएर होला !
संबिधानको पेज नम्बर,
भाग एक, धारा चार
पेजनम्बर दुईमा छ ! समाजवाद !
पुग्यो अब ?
मेटियो होईन भोक ?
देखिस संबिधानमा समाजवाद छ !!

बिपिको प्रजातान्त्रिक समाजवाद
पुष्पलालको नौलोजनवाद
भण्डारीको जनताको बहुदलिय जनवाद
अझ क्रान्तिकारी कम्युनिस्टहरूको
बैज्ञानिक समाजवाद !
एकटुक्रा कोठेवारी र एकहल गोरू
तेरो सपना साकार भएन र !
छोरा छोरी भोकै नाङ्गै नराख
बरू बोडिङ स्कुल पठा !
छोराको फोहरमा डुबुल्कि मार्दा
निस्किएको खटिराको दबाई
निशुल्क छ अस्पतालमा
आमाको बुलाकि बेचेर
सित्तैमा लिएर आउनु
धारा पैंतालीस सम्म
श्री ५ लेखिएको संविधान छैन अहिले
देखिस संबिधानमा समाजवाद छ !!

जदौ साहेब !
भन्ने ठुले दर्जीको अधिकार पनि
संबिधानको धारा चालिसमा छ
बेरोजगार कोहि बस्नै पर्दैन
धारा तेत्तिसमा छ
शिक्षा एकतिस र स्वास्थ्य पैंतिसमा छ
उद्योग नखुलेर मात्रै रोजगारी नपाएको होला
संबिधानमा त लेखिदिएकै छ
चिन्ता नलिई, केही समय धैर्य गर
बरू छोरा छोरीको पनि उमेर बढाएर
नागरिकता बना !
बृद्धभत्ताको ग्यारेन्टी छ यो देशमा
किनकि संबिधानमा समाजवाद छ !!

महिलाको अधिकार !
धारा अड्तिसमा छ
कहिले श्रीमान कहिले श्रीमती
मन्त्री हुने ब्यवस्था छ
संघियता, समानुपातिक समाबेशिता
कानुनका पानै पिच्छे लेखिएको छ
साझा भुगोल, साझा भाषा
साझा लिपि, साझा आर्थिक जीवन
सांस्कृतिक मनोवैज्ञानिक एकता
तँ पनि एउटा जाति कहलिएको छस्
सायद तेरो नाममा पनि एउटा राज्य बन्छ होला
प्राकृतिक श्रोत साधनको पहुँच र प्रयोगमा
आत्मनिर्णयको अधिकार पनि सुनिश्चित हुन्छ
उ ! त्यो जंगलबाट चिराईतो टिपेको
जरिमाना तिर्नु पर्दैन तैले
तेरो अधिकार सम्पन्न दस्तावेज हो यो
संबिधानमा समाजवाद छ !!

महाजनले शुन्ना थपेका तमसुकहरू
माफि मिनाहा हुनेछन
पहिरोले बगाएका तेरा गाई बाख्राहरू
फिर्ता हुनेछन्
तैंले दाईने खुट्टा गुमाएर बचाएको साथि
मन्त्री प्रधानमन्त्री हुनेछ
सत्ता बिरूद्धको लडाँईमा लागेका छर्राहरू
पछि तेरो पोष्टमार्टममा निकाल्ने राम्रो प्रबन्ध छ
संबिधानले भाषालाई कति सभ्य बनाएको छ
अस्ति तैंले तँ भन्ने साथिलाई
ज्यु लगाउनु पर्छ
कति सुन्दर छ है संविधान !
सभ्य सुकिलो मुकिलो
संबिधानमा समाजवाद छ !

कांग्रेसले सत्तरी बर्ष लडेर ल्याएको भन्छ
कम्युनिस्टले पचासो बर्ष लडेर ल्याएको भन्छ
जनताले तीन पुस्ता लगाएर ल्याएको भन्छन
बेजोडको संयोजन मिलेको यो संझौता पत्र
साझा संबिधानमा समाजवाद छ
बिमा गर्दै जिउदा बिदेश पठाएर
बाकस फिर्ता आउने यो मुलुकमा
संबिधानकौ बिमा गर्ने प्रावधान मात्रै
हेर्न बाँकि छ !
दुईसय उन्नाईस पेजमा
बल्ल तल्ल आँटेको अधिकार
बोक्नै नसक्ने भारी झै छैन र साँईला ?
श्वास फेर्ने देखि पैताला चाल्ने सम्म
कति शक्तिशाली र अधिकार सम्पन्न छौं हामी
भोकै तिर्खै नाङ्गै जल्दै गर्दा पनि
पढिनसक्ने अधिकार
अम्मामामामामा !
संबिधानमा समाजवाद छ !!!

दधिराम रिमाल, बुधबारे झापा ।

वि.सं.२०७८ माघ ९ आइतवार १५:२४ मा प्रकाशित

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

दाङ । दाङको घोराहीमा एक विशेष साहित्यिक समारोहका बीच साहित्यकार...

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...