back
CTIZAN AD

नेप्सेमा दोहोरो अकंको गिरावट

वि.सं.२०७८ माघ ९ आइतवार

597 

shares

९ माघ, काठमाडौँ । साताको पहिलो दिन आइतबार सेयर बजार (नेप्से) मा दोहोरो अकंको गिरावट आएको छ । आज नेप्से १० दशमलव ८२ अकंले घटेर समग्र परिसूचक २९२० दशमलव ५१ बिन्दुमा पुगेको छ । ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ भने ० दशमलब ०६ अकंले बढेर ५४३ दशमलब ८० बिन्दुमा पुगेको छ ।

आज कुल सूचिकृतमध्ये २३२ कम्पनीका ७ अर्ब ३ करोड ५ लाख ८ हजार २६२ रुपैंयाँ बराबरका १ करोड ४७ लाख ४ हजार २७७ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ८७ हजार ४ सय ७८ पटक लेनदेन भएको छ ।

कारोबार रकमको आधारमा नेपाल टेलिकम, अपी पावर कम्पनी, एनआईसी एशिया बैंक, शिखर इन्स्योरेन्स, ग्लोबल आईएमई बैंक लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा ग्लोबल आईएमई बैंक, एचआईडिसिएल, सेञ्चुरी कमर्सियल बैंक, अपी पावर, प्रभु बैंक लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

आज सबैभन्दा धेरै कमाउनेमा विन नेपाल लघुवित्त, बुद्धभुमी नेपाल हाईड्रोपावर, मैलुङ्ग खोला जलविद्यृत, ग्लोबल आईएमई बैंक, ज्योति लाईफ इन्स्योरेन्स लगायतका कम्पनीका लगनीकर्ताहरु परेका छन । त्यसैगरी आज सबै भन्दा धेरै गुमाउनेमा भने सामलिङ्ग पावर, गोर्खाज फाइनान्स, वेस्ट फाइनान्स, प्रभु बैंक, आईसीएफसी फाइनान्स लगायतका कम्पनीका लगानीकर्ताहरु परेका छन ।

वि.सं.२०७८ माघ ९ आइतवार १५:२४ मा प्रकाशित

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...