back
CTIZAN AD

कोरोनाविरुद्धको खोप लगाउन गाउँ–गाउँमा घुम्ती शिविर

वि.सं.२०७८ माघ ९ आइतवार

732 

shares

मान्म । कालीकोटमा कोरोनाविरुद्धको खोप लगाउन गाउँ गाउँमा घुम्ती शिविर सुरु गरिएको छ । सङ्क्रमण दर बढ्दै गएपछि जिल्ला स्वास्थ्य कार्यालयले घुम्ती शिविर सञ्चालन गर्न लागेको हो ।

स्वास्थ्य कार्यालयको आयोजनामा जिल्लाका स्थानीय तहको समन्वयमा जिल्लाभर कोरोना विरुद्धको खोप लगाउन शिविर सञ्चालन गरिएको हो । घुम्ती शिविर सञ्चालन, विद्यालय र स्थानीय स्वास्थ्य संस्थाबाट कोरोनाविरुद्धको खोप कार्यक्रमलाई तीव्र पारिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा रत्नवीर सुनारले बताए । जिल्लामा हालसम्म एक लाख २७ हजार जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ । खोपको पहिलो मात्रा लगाउने ८१ हजार ९५३, दोस्रो मात्रा लगाउने ४५ हजार ८०७ तथा बुस्टर डोज लगाउने ३४० जना रहेको उनले जानकारी दिए ।

“खोप अभियानलाई जिल्लाभर तीव्र पारेका छौँ”, उनले भने । कर्णाली राजमार्ग वरपरको क्षेत्रका जितेगडा र लालीगाघाट बजार क्षेत्रमा खोप अभियान सञ्चालन गरिएको छ । हुम्ला, जुम्ला, मुगु र बाजुराको प्रवेशद्वार मानिने कर्णाली राजमार्ग क्षेत्रमा खोप अभियान सुरु गरिएको हो । जिल्लाभर हाल १८१ जना कोरोनाबाट सङ्क्रमित रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

वि.सं.२०७८ माघ ९ आइतवार १५:२२ मा प्रकाशित

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३२ औं वर्ष प्रवेश गरेको...

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले लागुऔषध कारोबार,...

अर्थमन्त्री डा वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस

अर्थमन्त्री डा वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक...

वर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

वर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ ।  प्रतिनिधिसभाका सांसदले यस वर्ष किसानलाई मलको अभाव हुन...