back
CTIZAN AD

भिजिट भिसामा खाडी मुलुक र मलेसिया जान रोकः तर यस्ता व्यक्ति भने जान पाउने

वि.सं.२०७८ माघ ९ आइतवार

861 

shares

काठमाडौं । गृहमन्त्रालयले भिजिट भिसामा खाडीका देश र मलेसिया जना नपाउने भनेर जारी गरेको निर्णयलाई केही संशोधन गरेको छ ।

यसअघि शुक्रवार गृहमन्त्रालयले सोमबारदेखि लागू हुने गरी भिजिट भिसामा खाडीका मुलुक र मलेसिया जानका लागि रोक लगाइएको सूचना गरेकोमा त्यसलाई संशोधन गरेर आइतवार अर्को निर्णय जारी गरेको हो ।

‘खाडी राष्ट्र र मलेसियामा गई नेपालीहरु विचल्लीमा परेको गुनासो, समाचार र सूचनाहरु प्राप्त भएकोले माघ १० गतेदेखि लागु हुने गरी अर्को आदेश नआएसम्मका लागि त्यस्ता राष्ट्रहरुको भिजिट भिसामा भ्रमणमा जान रोक लगाइएकोमा देहायका व्यक्तिहरुको हकमा भने प्रस्थान अनुमति व्यवस्था गरिएको जानकारी गराइन्छ ।’ गृहमन्त्रालयद्धारा आइतवार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

गृह मन्त्रालयले कामको सिलसिलामा विदेश भ्रमण गर्ने सकारी निकायका प्रतिनिधीहरु, अन्तराष्ट्रिय कारोबार गर्ने बैंक तथा वित्तय संस्थाका प्रतिनिधि एवं अन्तराष्ट्रिय गैरसरकारी संघ संस्थाका प्रतिनिधि भई विदेश भ्रमण गर्न जाने प्रतिनिधिहरु (संस्थागत कार्यका लागि मात्र) लाई विदेश प्रस्थानको अनमुति दिइने बताइएको छ ।

त्यस्तै नेपालमा सामान आयात–निर्यात गर्ने व्यवसायिक संस्थाका प्रतिनिधिहरु (आयात निर्यात सम्बन्धी कार्यका लागि मात्र) र व्यवसायीक कम्पनी/फर्मका संचालक वा व्यवसायीहरु त्था खाडी राष्ट्र बाहेक कम्तिमा अन्य २ वटा मुलुक पर्यटकको रुपमा भ्रमण गरिसकेका यात्रुहरुलाई पनि प्रस्थान अनुमति दिइने व्यवस्था रहेको बताइएको छ ।

यस्तो छ विज्ञप्ति

वि.सं.२०७८ माघ ९ आइतवार २१:३९ मा प्रकाशित

प्रतिनिधिसभा बैठक पुनः सुरु

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश...

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ अरुण...

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री...

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

काठमाडौँ । दक्षिण कोरियामा भएकोे याङ योङ जा टेबलटेनिस मिसन...

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूससम्बन्धी मुद्दामा प्रतिकूल बकपत्र...

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

देवचुली (नवलपुर) । सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउँदै गुणस्तरीय र प्रविधिमैत्री...