back
CTIZAN AD

मन्त्री श्रेष्ठको निर्देशनपछि साउदीमा अलपत्र रानाको उपचार र उद्धारको पहल

वि.सं.२०७८ माघ ९ आइतवार

834 

shares

काठमाडौँ । सरकारले रोजगारीका क्रममा साउदी अरबको जेद्धामा पुगेर अलपत्र परेका जाजरकोटका आइस रानाको उपचार र उद्धारको पहल थालेको छ ।
कोठामा गम्भीर अवस्थामा छट्पटाइरहेका रानाको भिडियो सामाजिक सञ्जालमा व्यापक बनेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको निर्देशनमा सरकारी अधिकारीहरू उनको उद्धारमा जुटेका हुन् ।
राना पीडाले छट्पटाइरहेको तस्बिर र भिडियो सार्वजनिक भएपछि आज रियादस्थित नेपाली दूतावासका कर्मचारी र श्रम सहचारीसहितको टोली सो स्थानमा पुगेको थियो । टोलीले उनको स्वास्थ्यावस्थाबारे जानकारी लिएको श्रम मन्त्रालयले जनाएको छ ।

श्रम सहचारी प्रेम उपाध्याय र भाषा अनुवादकसहित दूतावासको टोलीले बिरामी रानालाई उपचारका लागि स्थानीय अस्पताल लगेको छ । दूतावासले रानासहित जेद्धामा अलपत्र परेका आठ नेपाली श्रमिकलाई दैनिक खानाको प्रबन्ध गर्दै आएको थियो ।

आठमध्ये एकजना नेपाल फर्किसकेका छन् । अन्य छजना मङ्गलबार नेपाल फर्कनेछन् ।
रानाको पनि नेपाल फर्कने टिकटको व्यवस्था गरिए पनि उनको साउदी प्रहरीमा उजुरी रहेकाले केही समय लाग्ने दूतावसाले जनाएको छ ।
राना बिरामी परेपछि नेपाल फर्कने व्यवस्थाका लागि दूतावासले आज नै अध्यागमन कार्यालयलाई पत्राचारसमेत गरेको थियो । उपचारपश्चात् रानाको स्वास्थ्यावस्था सामान्य रहेको छ । रासस

वि.सं.२०७८ माघ ९ आइतवार २१:५८ मा प्रकाशित

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

नाईमा अटो एक्स्पोमा डोङफेङ बस सार्वजनिक

नाईमा अटो एक्स्पोमा डोङफेङ बस सार्वजनिक

काठमाडौँ । हिमालयन अर्गनाइजेशन अन्तर्गत रहेको आयाम इन्टरकन्टिनेन्टलले चीनको बहुप्रतिष्ठित...

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–१, करुनियास्थित लालबकैया खोलामा नुहाउने...

नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक

नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

डब्लिन घोषणापत्र जारी गर्दै एनआरएनए युरोप सम्मेलन सम्पन्न

डब्लिन घोषणापत्र जारी गर्दै एनआरएनए युरोप सम्मेलन सम्पन्न

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय...

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

काठमाडौं । करिब सात वर्षदेखि नेपाल सरकारको प्रक्रियामा रहेको र...