back
CTIZAN AD

गम्भीर संकटमा सत्ता गठबन्धन, माओवादी र एकीकृत समाजवादी जुनसुकै बेला पनि सरकारबाट बाहिरिन सक्ने

वि.सं.२०७८ माघ १९ बुधवार

1.3K 

shares

काठमाडौं । एमसीसीको कारण सत्ता गठबन्धन गम्भीर संकटमा फसेको छ । एमसीसी पारित नगरी नछाड्ने लाइनमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा लागेसँगै गठबन्धन गम्भीर संकटमा फसेको हो । उच्च स्रोतले बताएअनुसार गठबन्धन जुनसुकै बेला पनि विघटन हुने अवस्थामा पुगेको छ ।

“प्रधानमन्त्री जी जसरी पनि एमसीसीलाई अगाडि बढाउनुपर्ने अडानमा उभिनुभयो, जुनसुकै मुल्यमा एमसीसी पारित गर्ने लाइनमा देखिन भएको छ”, माओवादीका एक उच्च नेताले भनेका छन्, “यस्तो अवस्थामा माओवादी र एकीकृत समाजवादी सरकारबाट जुनसुकै बेला बाहिरिने अवस्था छ, जुनसुकै बेला गठबन्धन भत्किन सक्छ ।”

अहिले देउवाले सत्ता साझेदार दलसँग मात्रै होइन प्रमुख प्रतिपक्षी एमालेसँग पनि छलफल बढाइरहेका छन् । बुझिएअनुसार देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो नेतृत्वको सरकारलाई सहयोग गर्न प्रस्ताव नै पठाएका छन् ।

स्रोतले बताएअनुसार देउवाको प्रस्तावमा अध्यक्ष ओलीले सर्तसहित सहयोग गर्ने आश्वासन दिएका छन् । ओलीले सभामुख अग्निप्रसाद सापकोटालाई हटाउने विषयमा सहमत हुनुपर्ने सर्त राखेको बुझिएको छ । ओलीले सापकोटालाई नहटाई एमसीसी अगाडि बढ्न नसक्ने सन्देश देउवालाई पठाएका छन् । बुझिएअनुसार एमालेले सभामुखविरुद्व महाभियोगको प्रस्ताव नै तयार गरिसकेको छ ।

तर, देउवाको शैलीले कांग्रेसभित्रै विवाद बढ्यो

गठबन्धन नै भत्काउने तयारी भएसँगै भने देउवाको शैलीप्रति कांग्रेसभित्रै तिव्र असन्तुष्टी बढेको छ । सत्ता गठबन्धनको उच्चस्तरीय समन्वय समितिका संयोजक रामचन्द्र पौडेल नै देउवाको शैलीप्रति विरोधमा उत्रिएका छन् । उनले कुनै हालत गठबन्धन टुटाउन नहुने अडान राखेको बुझिएको छ ।

पौडेलसँगै अन्य नेताहरुले पनि गठबन्धन विभाजन गरेर ओलीसँग मिल्न नहुने भन्दै विरोध गरेका छन् । नेताहरुले ओलीले पटक–पटक धोका दिएको भन्दै सहकार्य गर्ने विषय सहज नभएको बताएका छन् ।

साथै, नेताहरुको चिन्ता एमालेसँग मिल्दा जनमतमै असर हुने भन्ने छ ।

वि.सं.२०७८ माघ १९ बुधवार १४:५७ मा प्रकाशित

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...