back
CTIZAN AD

माधव नेपाल भन्छन् – गठबन्धन फुटाउन ओलीले भ्रमको सिर्जना गरे

वि.सं.२०७८ माघ १९ बुधवार

672 

shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन फुटाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले अनावश्यक भ्रम पैदा गरेको आरोप लगाएका छन् । बुधबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनबारे फिँजाइएको भ्रमको पछि नलाग्न आग्रह गरे ।

आफुँ कमजोर बनेपछि ओलीले अनावश्यक भ्रमको खेती गरेको अध्यक्ष नेपालको आरोप छ । उनले एमसीसीमा ओलीले अनावश्यक खेल खेल्न खोजेको आरोप लगाए ।

अध्यक्ष नेपालले एमसीसीमा कांग्रेस र गठबन्धनका अन्य दलबीच भिन्न–भिन्न मत भएपनि एमसीसीको विषयमा कार्यदल नै बनाएर छलफल थालिएको प्रष्ट पारे । उनले गठबन्धन बलियो बनाउने विषयमा छलफल भइरहेको बताए । अध्यक्ष नेपालले आगामी चुनावसम्मै गठबन्धन कायम रहने पनि दाबी गरे ।

बुधबार सिन्धुपाल्चोकबाट एमाले परित्याग गरि थुप्रै नेता तथा कार्यकर्ता नेकपा एसमा प्रवेश गरेका थिए । एसमा प्रवेश गर्नेलाई अध्यक्ष नेपालले स्वागत गरेका थिए ।

वि.सं.२०७८ माघ १९ बुधवार १७:२७ मा प्रकाशित

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...

‘सफा सहर’को साख जोगाउन कठिन

‘सफा सहर’को साख जोगाउन कठिन

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–१५ का स्थानीय विनोद राई भन्छन्,...