काठमाडौं । नेकपा (एमाले)ले स्थानीय तहको निर्वाचनको मिति नतोके आन्दोलन गर्ने भएको छ । बुधबार बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले स्थानीय तहको निर्वाचनको मिति नतोके आन्दोलन गर्ने निर्णय गरेको हो ।
बैठकका निर्णयबारे जानकारी गराउँदै एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बिहीबारसम्ममा मिति नतोकिए दबावमूलक कार्यक्रम गरिने बताए । उनका अनुसार निर्वाचन आयोगको प्रस्तावअनुसार निर्वाचनको मिति तोक्नुपर्ने सचिवालय बैठकले निर्णय गरेको छ ।
त्यस्तै बैठकले स्थानीय तहको निर्वाचन केन्द्रीत कार्यक्रममा जुट्न पनि नेता तथा कार्यकर्ताहरुलाई आव्हान गरेको छ ।
सचिवालय बैठकले प्रदेश अधिवेशनहरु र रोकिएका जिल्ला अधिवेशनहरु स्थानीय तहको निर्वाचन पछि गर्ने निर्णय गरेको छ । बुधबार सम्पन्न बैठकले पार्टीको नियमावली र जनसंगठनको सञ्चान निर्देशिका सुझावसहित पारित पनि गरेको छ ।
त्यस्तै बैठकले रिक्त विभिन्न विभागमा सदस्यहरु मनोनयन गरेको छ ।
वि.सं.२०७८ माघ १९ बुधवार १७:५३ मा प्रकाशित






























