back
CTIZAN AD

सभामुख हटाउने उपाय खोज्दै एमाले, के महाभियोगबाट हटाउन सम्भव छ ?

वि.सं.२०७८ माघ २० बिहीवार

609 

shares

काठमाडौं । अहिले राजनीति वृत्तमा एमसीसीको मुद्दा र सभामुख अग्निप्रसाद सापकोटालाई पदमुक्त गराउने चर्चा छ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले खुला रुपमै सभामुख सापकोटालाई हटाउन नेपालीलाई कांग्रेसलाई प्रस्ताव पठाएको छ । एमालेले सभामुख हटाए एमसीसी पारित गराउन सघाउने भनेको छ ।

बिहीबार रिपोर्टस क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै एमाले सचिव टोपबहादुर रायमाझीले सभामुख सापकोटाविरुद्व कांग्रेसले महाभियोग दर्ता गरे आफुँहरुले सघाउने बताएका थिए ।

“एमसीसी पास नभए सभामुखमाथि महाअभियोग लाउनुपर्छ भन्ने कुरा कांग्रेसले राख्यो भने हामी साथ दिन्छौं”, रायमाझीले भनेका छन्, “किनभने यो सभामुख विधिसम्मत तरिकाले, देशको कानुनसम्मत तरिकाले नचलेको हुनाले हामी साथ दिन्छौं, यस्तो सभामुखको काम छैन सभामुखबाट हटाउँदा राम्रो हुन्छ ।”

अहिले एमाले दुई एजेण्डामा केन्द्रीत छ, एउटा गठबन्धन भत्काउने र अर्को सभामुखलाई हटाउने । यी दुवै एजेण्डा एमसीसीको विषयलाई उचाल्दा सम्भव हुने एमालेको बुझाई देखिन्छ ।

सभामुखको अडान यथावत

एमसीसीको विषयमा सभामुख सापकोटाले यसअघिदेखि नै एउटै अडान दोहोर्याउँदै आएका छन् । उनले एमसीसीमा बृहत छलफल र राष्ट्रिय सहमति नगरी अघि बढाउन नसकिने बताइरहेका छन् ।

सभामुख सापकोटाले एमसीसीकै चर्चा चुलिएसँगै माघ १६ मा बोलाइएको बैठक बिना कारण स्थगन गरेर माघ २६ मा बोलाएका छन् । जसलाई एमसीसी छल्न बैठक सारिएको अर्थमा बुझिएको छ । उनको सचिवालयले पनि सो विषयलाई स्वीकार गरेको छ ।

‘निरन्तरको संसद अवरोधले महत्वपूर्णं विधेयकसमेत प्रस्तुत हुन सकेको छैन तर, अचानक एमसीसी सम्झौता मात्र प्रस्तुत गर्ने र होहल्लाबीच पास वा फेल गर्नु न्यायोचित हुँदैन, यसमा बृहत् छलफल र राष्ट्रिय सहमति चाहिन्छ”, सभामुख सापकोटाको सचिवालयले भनेको छ ।

सभामुखलाई हटाउन असम्भव

संवैधानिक प्रावधानअनुसार एक चौथाई सांसदले सभामुखविरुद्व महाभियोग दर्ता गराउन सक्ने भएपनि पारित गराउन दुई तिहाई बहुमत चाहिन्छ । कुल २ सय ७१ सांसदमध्ये दुई तिहाईका लागि १८१ सांसदको समर्थन आवश्यक हुन्छ ।

प्रतिनिधिसभामा हाल एमालेका ९७, कांग्रेसका ६१, माओवादी केन्द्रका ४८, एकीकृत समाजवादीका २३, जनता समाजवादीका १८ र लोसपाका १३ सांसद छन् । जसअनुसार एमाले र कांग्रेस मिल्दा पनि थप २३ सांसदको सहयोग चाहिन्छ । तर, एमाले र कांग्रेसलाई लोसपाले समर्थन दिन सक्ने भएपनि जसपाले सहयाेग गर्न सम्भव देखिन्न ।

एमसीसीकाे विषयमा विभाजित जसपा सभामुखको विरुद्व उभिने अवस्थामा छैन् । जसपाका स्वंय नेता उपेन्द्र यादवले सबै दलहरूबीच सहमति नगरी एमसीसी अघि नबढाउने बताएका छन् । साथै माओवादी केन्द्र र एकीकृत समाजवादी नजिक देखिएका उनी एमालेकाे प्रस्तावकाे पछि लाग्ने अवस्थामा छैनन् । जसपा फुटाउन एमाले नै कारक बनेकाे कारण एमालेकै प्रस्तावमा उनी पछि लाग्ने अवस्था देखिन्न ।

वि.सं.२०७८ माघ २० बिहीवार १६:३९ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...